देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ: मीन बहादुर गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १, २०८२
|
|
३४ पटक हेरिएको
Shares
देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ: मीन बहादुर गुरुङ

सारांश

  • भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम व्यवसायी मीनबहादुर गुरुङले देशको राजस्व खातामा धेरैभन्द धेरै पैसा जम्मा गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।
  • सोमबार काठमाडौंमा कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आफूजस्तो व्यवसायीहरुले जम्मा गरेको पैसाले नै देश बन्ने भन्दै त्यसकारण पनि देशको राजस्व खातामा धेरै रकम जम्मा हुनुपर्ने बताए ।
  • उनले भने, ‘मलाई आफ्नो देशको राजस्व खातामा पैसा कम जाओस भन्ने कुरा कहिले पनि मनमा आउदैँन् ।

१ मंसिर, काठमाडौं ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम व्यवसायी मीनबहादुर गुरुङले देशको राजस्व खातामा धेरैभन्द धेरै पैसा जम्मा गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । सोमबार काठमाडौंमा कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आफूजस्तो व्यवसायीहरुले जम्मा गरेको पैसाले नै देश बन्ने भन्दै त्यसकारण पनि देशको राजस्व खातामा धेरै रकम जम्मा हुनुपर्ने बताए ।

उनले भने, ‘मलाई आफ्नो देशको राजस्व खातामा पैसा कम जाओस भन्ने कुरा कहिले पनि मनमा आउदैँन् । जहिले पनि देशको राजस्व खातामा पैसा धेरैभन्द धेरै जम्मा गर्न सकौं । हामीले जम्मा गरेको पैसाले नै देश बनाउने हो । त्यसकारण कर जम्मा गर्नुपर्छ भन्ने मेरो विचार हो ।’ यस्तै, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले ठूलो मात्रामा क्षति भएको भन्दै अब गम्भिर भएर अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘गत भदौ २३ र २४ गते जेनजीको ठूलो आन्दोलन भयो र जेनजीहरुले दुई दिनमै सत्ता परिवर्तन गरिदियो । अब हामी गम्भीर भएर अगाडि बढ्नुपर्छ । यदि भएनौ भने यस्तो आन्दोलन अझै धेरै हुन सक्छ ।’

आर्थिक गतिविधिहरु विस्तार गर्न सके राजस्व आफैं वृद्धि हुन्छ ः अध्यक्ष अग्रवाल सोही क्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक गतिविधिको विस्तार र राजस्व वृद्धि दुवै एकअर्काका परिपूरक भएको भन्दै आर्थिक गतिविधिहरुको विस्तार गर्न सके राजस्व पनि वृद्धि हुने बताए ।उनले भने, ‘राष्ट्रिय कर दिवस एक दिनको उत्सव मात्रै होइन । जिम्मेवार कर प्रशासन र करदाताको साझा प्रतिबद्धताको सम्मान हो । आर्थिक गतिविधिको विस्तार र राजस्व वृद्धि दुवै एकअर्काका परिपूरक हुन् । जति आर्थिक गतिविधिहरुको विस्तार गर्न सक्छौ त्यति नै राजस्वको वृद्धि हुने हो र सरकारले तोकेको लक्ष्य प्राप्ती गर्न सजिलो हुन्छ ।’ आर्थिक गतिविधि विस्तारको लागि निजी क्षेत्रमैत्री कर नीतिहरु, करदातामैत्री वातावरणको निर्माण आवश्यक रहेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशसभाको सर्वदलीय बैठक सुरु
बागमती प्रदेशसभाको सर्वदलीय बैठक सुरु
पेरिसडाँडामा जेनजीसँग अन्तरक्रिया गर्दै प्रचण्ड
पेरिसडाँडामा जेनजीसँग अन्तरक्रिया गर्दै प्रचण्ड
सप्तरीमा ६७० किलो गाँजा बरामद
सप्तरीमा ६७० किलो गाँजा बरामद
विपन्नलाई पढाउन तीन विद्यालयमा अक्षयकोष स्थापना
विपन्नलाई पढाउन तीन विद्यालयमा अक्षयकोष स्थापना
विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ
विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ
टिप्परले स्कुटरलाई ठक्कर दिँदा एकको मृ*त्यु, एक घाइते
टिप्परले स्कुटरलाई ठक्कर दिँदा एकको मृ*त्यु, एक घाइते
यूएई जान लागेका नेपालीको पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई जना अध्यागमन अधिकृतमाथि कारबाही
यूएई जान लागेका नेपालीको पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई जना अध्यागमन अधिकृतमाथि कारबाही
हमासद्वारा विपीनसहित चार बन्धकको श*व फिर्ता
हमासद्वारा विपीनसहित चार बन्धकको श*व फिर्ता
फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी ! कार्कीसँगै मन्त्रीले पनि लिँदैछन् शपथ ?
फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी ! कार्कीसँगै मन्त्रीले पनि लिँदैछन् शपथ ?
उद्योगमा विद्युत् कटौती भएपछि औद्योगिक करिडोरका मजदुर आन्दोलित
उद्योगमा विद्युत् कटौती भएपछि औद्योगिक करिडोरका मजदुर आन्दोलित