Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

३० अंक घट्यो नेप्से, कारोबारमा पनि गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २३, २०८२
|
|
९३ पटक हेरिएको
Shares
३० अंक घट्यो नेप्से, कारोबारमा पनि गिरावट

सारांश

  • साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक ३०.
  • ०२ अंकले घटेर २५६६.
  • ०९ विन्दुमा झरेको छ ।

२३ कात्तिक, काठमाडौं ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा झरेको छ । यसअघि विहीबारको कारोबारमा नेप्से परिसुचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको थियो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । गत विहीबार ५ अर्ब ४१ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको बजारमा आय भने कुल ३२३ स्टकको ४७ हजार २६८ पटकको कारोबारमा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँबराबरको १ करोड ६ लाख १९ हजार कित्ता शेयर कारोबार भएको छ ।

यसदिन सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः ५.९०, २.४२ र २.२१ अंकले घटेका छन् । आज तीन स्टकको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सकारात्मक सर्किट लाग्नेमा दरमखोला हाइड्रो इनर्जी, माबिलुङ्ग इनर्जी र सागर डिष्टिलरी रहेका छन् । दरमखोला हाइड्रोको शेयर मूल्य प्रतिकित्ता ४४.२० रुपैयाँले बढेर ४८६.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ । माबिलुङ्ग इनर्जीको शेयर मूल्य पनि प्रतिकित्ता ४२.२० रुपैयाँले बढेर ४६४.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर कम्पनीको शेयर सर्वाधिक धेरै २७ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयर पनि सर्वाधिक कारोबार भएको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९१ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना
हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ
हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर
मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै राष्ट्र बैंक
मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै राष्ट्र बैंक
एलडीसी ग्र्याजुएसन सम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत
मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
नेप्से परिसूचक ३ हजार विन्दुमाथि, १८ अर्ब ५२ करोडको सेयर कारोबार
नेप्से परिसूचक ३ हजार विन्दुमाथि, १८ अर्ब ५२ करोडको सेयर कारोबार
एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
सुर्योदय बहुउद्देश्यीय‌ सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय बहुउद्देश्यीय‌ सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न