३० अंक घट्यो नेप्से, कारोबारमा पनि गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २३, २०८२
|
|
६५ पटक हेरिएको
Shares
३० अंक घट्यो नेप्से, कारोबारमा पनि गिरावट

सारांश

  • साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक ३०.
  • ०२ अंकले घटेर २५६६.
  • ०९ विन्दुमा झरेको छ ।

२३ कात्तिक, काठमाडौं ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा झरेको छ । यसअघि विहीबारको कारोबारमा नेप्से परिसुचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको थियो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । गत विहीबार ५ अर्ब ४१ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको बजारमा आय भने कुल ३२३ स्टकको ४७ हजार २६८ पटकको कारोबारमा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँबराबरको १ करोड ६ लाख १९ हजार कित्ता शेयर कारोबार भएको छ ।

यसदिन सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः ५.९०, २.४२ र २.२१ अंकले घटेका छन् । आज तीन स्टकको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सकारात्मक सर्किट लाग्नेमा दरमखोला हाइड्रो इनर्जी, माबिलुङ्ग इनर्जी र सागर डिष्टिलरी रहेका छन् । दरमखोला हाइड्रोको शेयर मूल्य प्रतिकित्ता ४४.२० रुपैयाँले बढेर ४८६.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ । माबिलुङ्ग इनर्जीको शेयर मूल्य पनि प्रतिकित्ता ४२.२० रुपैयाँले बढेर ४६४.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर कम्पनीको शेयर सर्वाधिक धेरै २७ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयर पनि सर्वाधिक कारोबार भएको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९१ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी
‘श्रीमती हुँदा कहिल्यै ग्लानी भएन, तर पेसामा आत्मग्लानी भयो’
‘श्रीमती हुँदा कहिल्यै ग्लानी भएन, तर पेसामा आत्मग्लानी भयो’
तीनकुने घटनामा पक्राउ परेका सबैलाई मंगलबारसम्म थुन्ने अनुमति
तीनकुने घटनामा पक्राउ परेका सबैलाई मंगलबारसम्म थुन्ने अनुमति
चैते दसैँमा बागलुङ कालिकामा ४२ लाख भेटी संकलन
चैते दसैँमा बागलुङ कालिकामा ४२ लाख भेटी संकलन
तलब नपाएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरु आन्दोलनमा
तलब नपाएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरु आन्दोलनमा
निर्माण व्यवसायी संघको ‘क ‘ वर्गको सदस्यमा यादव निर्विरोध निर्वाचित
निर्माण व्यवसायी संघको ‘क ‘ वर्गको सदस्यमा यादव निर्विरोध निर्वाचित
भ्रम फैलाउनेलाई गालामा मालिस गरिदिए हुन्छ : गृहमन्त्री गुरुङ
भ्रम फैलाउनेलाई गालामा मालिस गरिदिए हुन्छ : गृहमन्त्री गुरुङ
रौतहटको ३ वडामा सवारी साधन र आवागमनमा रोक
रौतहटको ३ वडामा सवारी साधन र आवागमनमा रोक
खाने तेलको ग्यालेनभित्र चरेश बरामद
खाने तेलको ग्यालेनभित्र चरेश बरामद
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र