राष्ट्रिय सभा बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदै
२३ कात्तिक, काठमाडौं ।
राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदैछ । राष्ट्रिय सभाका अध्यक्ष नाराणप्रसाद दाहालका अनुसार सिंहदरबारस्थित कृषि प्राकृतिक स्रोत समितिको हलमा सभाको बैठक बस्ने तयारी गर्न लागिएको छ । ‘आन्तरिक काम सुरु भएको छ । हल व्यवस्थापनको लागि करिब ३० लाखको एस्टिमेट छ’, अध्यक्ष दाहालले आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा भने । हल नहुँदा राष्ट्रिय सभाको बैठक बस्न सकेको छैन । हल व्यवस्थापन पनि भइसक्ने र अधिवेशन बोलाउन सकिनेबारे छलफल चलिरहेको छ ।





Post Comment