Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २२, २०८२
|
|
३८ पटक हेरिएको
Shares
चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी

सारांश

  •     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनको सौराहामा जारी छ ।
  • शुक्रबारदेखि सुरु भएको बैठक शनिबार पनि निरन्तर चलिरहेको छ ।
  • बैठकमा आगामी निर्वाचन तयारीसहित पार्टी संगठन सुदृढीकरण र राजनीतिक रणनीतिबारे छलफल भइरहेको पार्टीले जनाएको छ ।

२२ कात्तिक, चितवन ।   

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनको सौराहामा जारी छ । शुक्रबारदेखि सुरु भएको बैठक शनिबार पनि निरन्तर चलिरहेको छ । बैठकमा आगामी निर्वाचन तयारीसहित पार्टी संगठन सुदृढीकरण र राजनीतिक रणनीतिबारे छलफल भइरहेको पार्टीले जनाएको छ । बैठकलाई सम्बोधन गर्दै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीले नयाँ इतिहास निर्माण गरिरहेको बताएका छन् ।

उनले भने, ‘हाम्रो नयाँ पार्टी हो, हामी इतिहास निर्माण गर्दै गइरहेका छौँ । अर्को ७० वर्षपछि जब पत्रकार र शोधकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीको इतिहास लेख्नेछन्, उनीहरूले चितवनमा सुरु भएको यो विस्तारित बैठकको पनि उल्लेख गर्नेछन् ।’ डा.वाग्लेले पार्टी पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको बताउँदै त्यसलाई पार्टी विकासको स्वाभाविक चरणका रूपमा व्याख्या गरे । ‘यो सुशासन र समुन्नती महाअभियानको एउटा खुट्किला हो,’उनले भने, ‘हामी अहिले विशेष चरणमा छौँ, मुलुक पनि असामान्य संक्रमणकालीन अवस्थामा छ । आन्तरिक र बाह्य चुनौतीबीच पनि हामी न्याय र एकताको सन्देश बुलन्द गर्न तयार छौँ ।’

साथै उनले मुलुक आफैं पनि संक्रमणकालीन अवस्थामा रहेको बताए । उनले पार्टीमा पनि केही आन्तरिक र बाह्य चुनौतीहरु थुपरिरहेको अवस्थामा न्याय र  एकताको सन्देश बुलन्द गर्ने अवस्थामा आफूहरु रहेको बताए । बैठक परिसरमा संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै नेता हरि ढकालले आफ्नो पार्टी वैकल्पिक नभइ मूलधारको भएको बताए । नेता शिशिर खनालले जेनजी आन्दोलनका क्रममा उठेका मुद्दाहरुप्रति आफ्नो समर्थन रहको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलनमा आफूहरुको सहभागिता रहेको बताए । रास्वपाको विस्तारित बैठकमा केन्द्रीय समिति सदस्य, प्रदेश संयोजक, जिल्ला संयोजकसहित पार्टीका विभिन्न तहका पदाधिकारीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने
दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत भयो : कमल थापा
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत भयो : कमल थापा
गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरीले गेटमै रोकिदिए
गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरीले गेटमै रोकिदिए
काठमाडौंका विभिन्न स्थानमा आज र भोली विद्युत् आपूर्ति बन्द हुने
काठमाडौंका विभिन्न स्थानमा आज र भोली विद्युत् आपूर्ति बन्द हुने
रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार
रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार
भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी भइरहेको छ : मन्त्री अधिकारी
भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी भइरहेको छ : मन्त्री अधिकारी
देशभर बाढी-पहिरो : कुन राजमार्गको अवस्था कस्तो? (विवरणसहित)
देशभर बाढी-पहिरो : कुन राजमार्गको अवस्था कस्तो? (विवरणसहित)
प्रतिपक्षीको बहिस्कारबीच मधेशमा मुख्यमन्त्री यादवले लिए विश्वासको मत
प्रतिपक्षीको बहिस्कारबीच मधेशमा मुख्यमन्त्री यादवले लिए विश्वासको मत