बर्दियामा मोटरसाइकल दु*र्घटनामा परि एक जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २२, २०८२
|
|
३२ पटक हेरिएको
Shares
बर्दियामा मोटरसाइकल दु*र्घटनामा परि एक जनाको मृ*त्यु

सारांश

  • बर्दियामा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नं ७ गुलरिया गाउँ बस्ने मोटरसाइकलमा सवार ३० वर्षीय  विकास यादव रहेका छन् ।
  • दुर्घटनामा परि अर्का एकजना भने घाइते भएका छन् ।

२२ कात्तिक, बर्दिया ।

बर्दियामा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नं ७ गुलरिया गाउँ बस्ने मोटरसाइकलमा सवार ३० वर्षीय  विकास यादव रहेका छन् । दुर्घटनामा परि अर्का एकजना भने घाइते भएका छन् । भने घाइते हुनेमा मोटरसाइकल चालक ३६ वर्षीय रामदल सोनी रहेका छन् ।

राजापुर देखि गुलरिया तर्फ आउँदै गरेको लु.प्र.०३००१ प ४१५७ नं को मोटरसाइकल हुलाकी सडक अन्र्तगत राजापुर नगरपालिका वडा १० जोगीपुर स्थित अनियन्त्रित भई राति करिब ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुनासाथ दुवैजनालाई प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको थियो । थप उपचारका लागि बर्दिया अस्पताल गुलरिया लगिएकोमा उपचारको क्रममा यादवलाई डाक्टरले मृत घोषणा गरेका थिए । घाईते मोटरसाइकल चालक सोनीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्रकुमार मल्लले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?