कांग्रेस बैठकमा प्रस्तुत भयो मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २१, २०८२
|
|
३६ पटक हेरिएको
Shares
कांग्रेस बैठकमा प्रस्तुत भयो मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव

सारांश

  • नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मंसिर २४ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव भएको छ ।
  •   केन्द्रीय सदस्य मधु आचार्यले विशेष महाधिवेशनको मितिको प्रस्ताव प्रस्तुत गरेका हुन् ।
  • शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले आज कात्तिकको २१ गते भइसकेको भन्दै छोटो समयमा अधिवेशन सम्पन्न गर्नेगरी प्रस्ताव प्रस्तुत गरेको जानकारी दिए ।

२१ कात्तिक, काठमाडौं ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मंसिर २४ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव भएको छ ।  केन्द्रीय सदस्य मधु आचार्यले विशेष महाधिवेशनको मितिको प्रस्ताव प्रस्तुत गरेका हुन् । शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले आज कात्तिकको २१ गते भइसकेको भन्दै छोटो समयमा अधिवेशन सम्पन्न गर्नेगरी प्रस्ताव प्रस्तुत गरेको जानकारी दिए ।

‘नेपाली कांग्रेस को विधान मा व्यवस्था भएको धारा १७ (२) अनुसार मंसिर २४ गते जुन दिन मंगला देवी सिंह उहाँको जन्म जयन्ती पर्छ। त्यस दिन बाट सुरु हुने गरेर विशेष महाधिवेशन आयोजना गरौं,’ उनले बैठकमा भने । सहमहामन्त्री महेन्द्र यादवले पनि बैठकमा महामन्त्रीलाई काउन्टर दिन महाधिवेशन कार्यतालिका ल्याएको प्रति इंगित गर्दै उनले आफूले विशेष महाधिवेशनको प्रस्ताव प्रस्तुत गरेको पनि बताए ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । त्यसैलाई टेकेर विशेष महाधिवेशन गर्न सकिने आचार्यको भनाइ थियो । चुनावको सम्मुखमा छोटो समयमा अधिवेशन सम्पन्न गर्नु पर्ने चाप पार्टीमा रहेको भनाइ उनको थियो । ‘चुनावका सम्मुखमा छौं। धेरै साथीहरुको बीचमा घर्षण पैदा गरेर प्रतिष्ठा स्पर्धा पैदा गरेर त र म भनेर जान जायज पनि छैन । चुनावका तयारीका लागि प्रशस्त समय दिनु छ र चुनावलाई पहिलो प्रायोरिटी बनाएर जानु छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?