कर्णाली याक्सले सम्पन्न गर्यो एनपिएल ट्रफी यात्रा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २१, २०८२
|
|
६२ पटक हेरिएको
Shares
कर्णाली याक्सले सम्पन्न गर्यो एनपिएल ट्रफी यात्रा

सारांश

  • कर्णाली याक्स स्पोट्र्स प्रालिले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली प्रदेशका शहर, धार्मिक स्थल तथा पर्यटकीय क्षेत्रमा ट्रफी यात्रा सम्पन्न गरेको छ ।
  • कर्णाली याक्सले कर्णाली प्रदेश क्रिकेट एसोसियनसँगको समन्वयमा पहिलो दिन (मंगलबार) सल्यानको कुपिण्डे ताल र खलंगा बजारमा ट्रफी यात्रा गरेको हो ।
  • दोस्रो दिन (बुधबार) सुर्खेतको काँक्रेविहारसँगै विरेन्द्रनगर परिक्रम गराइएको थियो ।

२१ कात्तिक, काठमाडौं ।

कर्णाली याक्स स्पोट्र्स प्रालिले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली प्रदेशका शहर, धार्मिक स्थल तथा पर्यटकीय क्षेत्रमा ट्रफी यात्रा सम्पन्न गरेको छ । कर्णाली याक्सले कर्णाली प्रदेश क्रिकेट एसोसियनसँगको समन्वयमा पहिलो दिन (मंगलबार) सल्यानको कुपिण्डे ताल र खलंगा बजारमा ट्रफी यात्रा गरेको हो । दोस्रो दिन (बुधबार) सुर्खेतको काँक्रेविहारसँगै विरेन्द्रनगर परिक्रम गराइएको थियो ।

सो क्रममा हजारौं विद्यार्थी तथा स्थानीयले ट्रफी नजिकैबाट नियालेका थिए ।बिहीबार प्रशिद्ध धार्मिकस्थल देउतीबज्यै मन्दिरमा पु¥याएर ट्रफीलाई सुदूरपश्चिम पठाइएको थियो । कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिहरुको पनि उत्साहजनक रुपमा सहभागिता रहेको थियो । यसअघि बुधबार काँक्रेविहारबाट कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले ट्रफी अनावरण गरेका थिए । ट्रफी यात्राका कर्णाली याक्सका प्रतिनिधिसँगै कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेत, एनालिष्ट रवि थापा तथा खेलाडीहरु विपिनप्रसाद शर्मा, युनिससिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रे सहभागी भएका थिए ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । त्यस्तै यता, कर्णाली याक्सले जित्ने हरेक खेलबाट कर्णाली प्रदेश क्रिकेट संघले एक लाख रुपैयाँ पाउने भएको छ । कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले कर्णाली याक्सले जित्ने हरेक खेलवापत एसियस पेन्टस्ले एक लाख रुपैयाँ कर्णालीको क्रिकेटको विकासका लागि उपलब्ध गराउने घोषणा सुर्खेतमा गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय
पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय
ज्येष्ठ नागरिकको अधिकार र सम्मान स्मरण गर्दै आज ज्येष्ठ नागरिक दिवस मनाइँदै
ज्येष्ठ नागरिकको अधिकार र सम्मान स्मरण गर्दै आज ज्येष्ठ नागरिक दिवस मनाइँदै
महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने
महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने
मन्त्री कुलमानसहितको टोली बीपी राजमार्ग अनुगमन गर्न जाँदै
मन्त्री कुलमानसहितको टोली बीपी राजमार्ग अनुगमन गर्न जाँदै
हाम्रो यात्रा समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह
हाम्रो यात्रा समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री कप फागुन २५ गतेदेखि
प्रधानमन्त्री कप फागुन २५ गतेदेखि
मलेसिया जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक ५३ हजार
मलेसिया जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक ५३ हजार
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
काठमाडौँ प्रशासनले भन्यो : दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन
काठमाडौँ प्रशासनले भन्यो : दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन
     काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन 
     काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन 
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...