१४ चैत्र २०८२, शनिबार

संविधानजनताले नै बनाउनुपर्छ, लोकतन्त्रअझै अपूर्ण छ: बाबुराम भट्टराई

२० कात्तिक, काठमाडौं ।

नेपाल समाजवादीपार्टी (नयाँशक्ति)का संस्थापक नेतातथापूर्वप्रधानमन्त्रीडा. बाबुराम भट्टराईले जनताले आफैं संविधानबनाउनुपर्ने बताएकाछन् । जेन–जेड पुस्ताकाअगुवाहरूसँग अन्तरसंवादगर्दै उनले वर्तमानलोकतन्त्रअझै अपूर्ण रहेको बताएकाहुन् । उनले जनताको प्रत्यक्ष सहभागिताबिनाको व्यवस्थापूर्ण लोकतन्त्रहुननसक्ने बताए। उनले भने, ‘जनताले आफ्नो संविधाननबनाएसम्मलोकतन्त्र पूरा हुँदैन ।

अबको लोकतन्त्रभनेको एउटाव्यक्तिको निजी स्वतन्त्रताको कुरा मात्रै होइन,चुनावमाभोटहाल्ने स्वतन्त्रतामात्रै होइन । वर्ग, जाति, क्षेत्र सबैको सहभागितामूलकलोकतन्त्रचाहिन्छ ।’ राजनीतिमाअदृश्य शक्तिहरूको प्रभावपनिहुने भन्दै उनले सचेत रहनयुवाहरुलाई आग्रह गरे । भट्टराईले भने, ‘राजनीतिमाबडो ख्यालगर्नुपर्छ । सबै दृश्य मात्रहुँदैन । अदृश्य शक्तिहरूले पनि धेरै काम गरिरहेका हुन्छन् । हात्तीसम्बन्धीलडाइँजस्तो हुन्छ राजनीति, त्यसैले संयम र विचार चाहिन्छ ।’ संविधानकाविषयमाउनले यसलाई सुधार र परिष्करणगर्दै लैजानुपर्ने बताउँदै वर्तमानव्यवस्थाको संरक्षणकापक्षमा रहेको स्पष्टपारे ।

‘हिजो हामीले अपूर्णतासहितको संविधानबनायौं । आधाअहिले भरौं, आधा भर्दै गरौंलाभनेर लेख्यौं । संविधान जारी भएको दिनमै मैले भनेको थिएँ— यो आधागिलास भरिएको छ, आधाखाली छ । संघीयतालगायतका कुरा फ्याक्ने होइन, सुधार्दै लैजानुपर्छ,’ उनले भने । भट्टराईले आफ्नो राजनीतिकअभियान संविधानको अपूर्णतामा सुधार र नयाँ पुस्ताको सहभागिताकालागि समर्पित रहेको बताए । उनले अहिलेको पुस्ताकोऊर्जाले र आफूहरुकोअनुभव जोडेरलोकतन्त्रलाई पूर्ण बनाउन सकिने बताए ।

Post Comment

छुटाउनुभयो कि ?