अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्या*न गयो, १४३ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १७, २०८२
|
|
३४ पटक हेरिएको
Shares
अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्या*न गयो, १४३ जना घाइते

सारांश

  • अफगानिस्तानको विभिन्न प्रान्तहरूमा सोमबार राति गएको ६.
  • ३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् ।
  • त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प स्थानीय समयअनुसार राति १ बजे तिर गएको हो ।

१७ कात्तिक, काठमाडौं ।

अफगानिस्तानको विभिन्न प्रान्तहरूमा सोमबार राति गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प स्थानीय समयअनुसार राति १ बजे तिर गएको हो । प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भूकम्पले देशका उत्तरपश्चिम, मध्य, पश्चिम, उत्तर, उत्तर–पूर्व तथा पूर्वी क्षेत्रमा धक्का दिएको उल्लेख छ ।

प्रारम्भिक जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु समंगन प्रान्तमा रहेको र त्यहीँ सबैभन्दा धेरै क्षति पुगेको बताइएको छ । ‘समंगन प्रान्त केन्द्रबिन्दु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । हालसम्म त्यहाँ पाँच जनाको मृत्यु भएको छ र १४३ जना घाइते भएका छन्, जसमा धेरैजना उपचारपछि घर फर्किइसकेका छन्,’ विज्ञप्तीमा उल्लेख छ । प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा भौतिक धनमालको क्षत िपनि भएको छ, तर पूर्ण विवरण पछि सार्वजनिक गरिनेछ ।

भूकम्पपछि तत्काल केन्द्र तथा स्थानीय निकायसँग समन्वय गरी उद्धार तथा राहतका काम अघि बढाइएको जनाएइको छ । यसअघि गत सेप्टेम्बरमा अफगानिस्तानको पूर्वी प्रान्तमा गएको ६.० म्याग्निच्युडको भूकम्पमा १४०० भन्दा बढीको मृत्यु र ३,००० भन्दा बढी घाइते भएका थिए । संयुक्त राष्ट्रसंघको मानवतावादी समन्वय कार्यालयका अनुसार सो भूकम्पबाट करीब १२,००० प्रभावित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा
सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा
झापामा २० हजार हेक्टरमा चैते धानखेती
झापामा २० हजार हेक्टरमा चैते धानखेती
हेटौंडा बसपार्कको होटलमा युवती मृत फेला
हेटौंडा बसपार्कको होटलमा युवती मृत फेला
सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने
प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने
नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यातको सहमती
नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यातको सहमती
नयाँ करका निर्णय कार्यान्वयनको घोषणा गर्दै ट्रम्प : लाखौंले रोजगारी गुमाउने
नयाँ करका निर्णय कार्यान्वयनको घोषणा गर्दै ट्रम्प : लाखौंले रोजगारी गुमाउने
सहकारी प्रकरणमा रविको नाम राख्ने अडानबाट कांग्रेस ब्याक, व्यक्ति विशेषको नाम नलेख्न सहमत
सहकारी प्रकरणमा रविको नाम राख्ने अडानबाट कांग्रेस ब्याक, व्यक्ति विशेषको नाम नलेख्न सहमत
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
बालाजुमा एक महिलाले आफ्नै शरीरमा पट्रोल छर्केर लगाइन् आगो
बालाजुमा एक महिलाले आफ्नै शरीरमा पट्रोल छर्केर लगाइन् आगो