सरकारले वार्ताका लागि बोलाएको हो भने स्वागत गर्छौं — दुर्गा प्रसाईं

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ९, २०८२
|
|
७८ पटक हेरिएको
Shares
सरकारले वार्ताका लागि बोलाएको हो भने स्वागत गर्छौं — दुर्गा प्रसाईं

सारांश

  • ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वार्ताका लागि सरकारको कदमको स्वागत गरेका छन् ।
  • आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रसाईंले जनताको आवाज सुन्ने उद्देश्यले सरकार वार्तामा आउन इच्छुक भएको कदम सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् ।
  • ‘यदि सरकारले आधिकारिक रूपमा वार्ताका लागि हामीलाई निमन्त्रणा दिएको हो भने हामी त्यसको स्वागत गर्छौं,’ प्रसाईंले लेखेका छन्, ‘जनताको आवाज सुन्ने जिम्मेवारी ओली सरकारले कहिल्यै देखाउन सकेन, तर अहिलेको सरकारले त्यो जिम्मेवारी वहन गर्ने संकेत देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ ।

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वार्ताका लागि सरकारको कदमको स्वागत गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रसाईंले जनताको आवाज सुन्ने उद्देश्यले सरकार वार्तामा आउन इच्छुक भएको कदम सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् ।

‘यदि सरकारले आधिकारिक रूपमा वार्ताका लागि हामीलाई निमन्त्रणा दिएको हो भने हामी त्यसको स्वागत गर्छौं,’ प्रसाईंले लेखेका छन्, ‘जनताको आवाज सुन्ने जिम्मेवारी ओली सरकारले कहिल्यै देखाउन सकेन, तर अहिलेको सरकारले त्यो जिम्मेवारी वहन गर्ने संकेत देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ ।’
उनले राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका छन् । प्रसाईंले भनेका छन्, ‘वार्ताको पहल मात्र होइन, राष्ट्र र नागरिक जोगाउने नतिजासहितको समाधान नै अहिले देशको आवश्यकता हो ।’

यसअघि, गृहमन्त्री ओमप्रकाश अर्यालले शनिबार सडक प्रदर्शनको तयारीमा रहेका राजनीतिक दलहरूलाई सुरक्षा जोखिमका कारण प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना विचार प्रस्तुत गर्न आग्रह गरेका थिए ।

प्रसाईंले १५ कात्तिकदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीबारे चार वटै सुरक्षा निकायका प्रमुखहरूले सरकारलाई जानकारी गराएका थिए । त्यसपछि प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री अर्याल र गृहसचिव रामेश्वर दंगालले सुरक्षा प्रमुखहरूसँग छलफल गरेका थिए ।

सरकारले मुलुकको सुरक्षा अवस्था संवेदनशील रहेको उल्लेख गर्दै सबै राजनीतिक शक्तिहरूलाई सडक प्रदर्शन टार्न र संवादमा सहभागी हुन अपिल गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप छनोट : आज नेपाल कतारसँग प्रतिस्पर्धा गर्दै
विश्वकप छनोट : आज नेपाल कतारसँग प्रतिस्पर्धा गर्दै
नेपाल महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश
नेपाल महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश
बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा
बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा
बाढी प्रभावित इलामका युवा आक्रोशित: मेयरलाई नै राहत वितरण
बाढी प्रभावित इलामका युवा आक्रोशित: मेयरलाई नै राहत वितरण
सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार रकमसहित एक भारतीय पक्राउ
सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार रकमसहित एक भारतीय पक्राउ
कञ्चनपुरमा गैँडाको आक्रमणबाट एकको मृत्यु
कञ्चनपुरमा गैँडाको आक्रमणबाट एकको मृत्यु
नेप्सेको सीईओ नियुक्तिका लागि समिति गठन
नेप्सेको सीईओ नियुक्तिका लागि समिति गठन
मुख्यमन्त्री सिंहद्वारा कृषि मन्त्रालयसहित चार कार्यालयमा छड्के
मुख्यमन्त्री सिंहद्वारा कृषि मन्त्रालयसहित चार कार्यालयमा छड्के
भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण
भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण
मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ : प्रधानमन्त्री
मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ : प्रधानमन्त्री