जेनजीको नाममा ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भयो : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ५, २०८२
|
|
३० पटक हेरिएको
Shares
जेनजीको नाममा ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भयो : ओली

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको आफ्नो बालकोटस्थित निजी निवासको बुधबार अवलोकन गरेका छन् ।
  • उनले आन्दोलनको नाममा योजनाबद्ध ढंगले आफ्ना सम्पत्तिहरूमा क्षति पुर्याइएको आरोप लगाएका छन्।
  • बालकोट निवासमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले आफूलाई पटक–पटक लक्षित गर्दै आक्रमण गरिएको दाबी गरे ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको आफ्नो बालकोटस्थित निजी निवासको बुधबार अवलोकन गरेका छन् । उनले आन्दोलनको नाममा योजनाबद्ध ढंगले आफ्ना सम्पत्तिहरूमा क्षति पुर्याइएको आरोप लगाएका छन्।

बालकोट निवासमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले आफूलाई पटक–पटक लक्षित गर्दै आक्रमण गरिएको दाबी गरे । ‘देशभरि नै एमाले पार्टी कार्यालयहरू जलाइएका छन् । यसको तयारी पहिले देखिनै गरिएको थियो र खासगरी एमालेलाई टार्गेट गरिएको थियो,’ उनले भने ।

ओलीले सरकारलाई घटनाका दोषीहरूलाई कारबाही गर्न नचाहेको आरोप लगाउँदै भने, ‘सबै प्रमाण हुँदाहुँदै पनि सरकार अपराधीहरूलाई जोगाउन लागिपरेको छ । गृहमन्त्रीको अभिव्यक्तिबाट सरकारको मनसाय प्रस्ट देखिन्छ ।’ उनले आन्दोलनका क्रममा अदालतका मुद्दाका मिसिलहरू, सिंहदरबारका ऐतिहासिक दस्तावेज, उद्योग–व्यवसाय, स्कुल र निजी सम्पत्तिहरू जलाइएको उल्लेख गर्दै यो घटनालाई ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भएको बताए ।

उनले भने, ‘पटक पटक मलाई तार्गेट गरिएको नै थियो । देशभरी नै एमाले पार्टी कार्यालयहरु जलाइएका छन्, एमाले पार्टी कार्यालयहरु जलाइएका छन् । यसको तयारी पहिलेदेखि नै थियो र खासगरि एमालेमाथि तार्गेट गरिएको थियो ।  खासगरी सरकारका निजी सम्पत्ति लुटपाट आगजनी गरिएका छन् जेनजीका नाममा । अदालतमा मुद्दाका मिसिलहरु जलाइएका छन् । सिंहदरबारमा ऐतिहासिक दस्तावेज मिसिलहरु जलाए । यो एउटा नेपालका विरुद्ध भएको भयानक षडयन्त्र थियो । उद्योग व्यवसायहरुका उद्योग कलकारखानाहरु जलाइएँ । व्यवसायहरु जलाए, केवलबार जलाए, अरु विभिन्न कुराहरु जलाए । हुँदाहुँदै  स्कुलहरु जलाइँए ।

उनले आफ्नै निवासको सम्पत्ति श्रीमतीले पहिल्यै राज्यको नाममा दिइसकेको भन्दै यसबाट राज्यलाई क्षति पुगेको दाबी गरे ।  ओलीले आफूलाई अझै व्यक्तिगत रुपमा लक्षित गरिन सक्ने गम्भीर आशंका रहेको भन्दै राज्य संयन्त्रप्रति गम्भीर प्रश्न उठाएका छन् । ‘सरकार अझै जेनजीलाई उचालेर हामीलाई दबाब दिन खोजिरहेको छ,’ उनले भने । ओलीले सम्पूर्ण घटनाको निष्पक्ष छानबिनको माग गर्दै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै
पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै
राप्रपाको निष्कर्ष– निषेधाज्ञा जारी गर्नु हाम्रो आन्दोलन सफल हुनु हो
राप्रपाको निष्कर्ष– निषेधाज्ञा जारी गर्नु हाम्रो आन्दोलन सफल हुनु हो
अस्पतालबाट जेनजीहरु भन्छन् : हाम्रो सहभागिता बिना प्रक्रिया अघिबढे अर्को आन्दोलन
अस्पतालबाट जेनजीहरु भन्छन् : हाम्रो सहभागिता बिना प्रक्रिया अघिबढे अर्को आन्दोलन
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ
शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ
समाजवादी क्रान्ति नयाँ चरणमाः अध्यक्ष प्रचण्ड
समाजवादी क्रान्ति नयाँ चरणमाः अध्यक्ष प्रचण्ड
सहकारीमा रवि लामिछानेको तथ्य प्रमाण भेटिएन : आईजीपी कुँवर
सहकारीमा रवि लामिछानेको तथ्य प्रमाण भेटिएन : आईजीपी कुँवर
प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
प्रधानमन्त्री प्रचण्डले ७ जेठमा चौथोपटक विश्वासको मत लिने
प्रधानमन्त्री प्रचण्डले ७ जेठमा चौथोपटक विश्वासको मत लिने
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’