जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
२७ पटक हेरिएको
Shares
जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ

सारांश

  •   गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका एक सय २२ फरार कैदीबन्दीलाई नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय र सोमातहतको टोलीले जेनजी प्रदर्शनको मौका छोपेर भागेका एक सय २२ कैदीबन्दीलाई पक्राउ गरेको हो।
  • पक्राउ परेकामध्ये चोरीमा ३५, बहुविवाहमा तीन, जबर्जस्ती करणीमा १७, कर्तव्य ज्यानमा तीन, लागुऔषधमा ३०, बैंकिङ कसुरमा तीन, ज्यान मार्ने उद्योगमा १२, सङ्गठित अपराधमा तीन जना कैदीबन्दी रहेका छन्।

३० असोज, काठमाडौं । 

गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका एक सय २२ फरार कैदीबन्दीलाई नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय र सोमातहतको टोलीले जेनजी प्रदर्शनको मौका छोपेर भागेका एक सय २२ कैदीबन्दीलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये चोरीमा ३५, बहुविवाहमा तीन, जबर्जस्ती करणीमा १७, कर्तव्य ज्यानमा तीन, लागुऔषधमा ३०, बैंकिङ कसुरमा तीन, ज्यान मार्ने उद्योगमा १२, सङ्गठित अपराधमा तीन जना कैदीबन्दी रहेका छन्।

त्यसैगरी, डाँकाचोरीमा तीन, सवारी ज्यानमा तीन, ज्यानसम्बन्धी कसुरमा छ, मानव बेचबिखन एक र अन्य मुद्दामा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए। उनका अनुसार पक्राउ परेकामध्ये एक सय १२ जना पुरूष र १० जना महिला छन्। प्रहरी वरिष्ठ उपरीक्षक थापाले प्रदर्शनको मौका छोपेर कारागारबाट भागेका कैदीबन्दीको खोजी भइरहेको बताए। उनले आफ्नो समाज, छरछिमेकमा विभिन्न कारागारबाट भागेका कैदीबन्दी बसेका हुनसक्ने भन्दै त्यस्तो देखिएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरे। प्रहरीले आफ्नो वरपर पहिचान नखुलेका, नयाँ व्यक्तिहरूको बसोबास वा फरार थुनुवा, कैदीबन्दी रहेको सूचना भएमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरानमा सशस्त्र प्रहरीद्वारा १९० किलो गाँजा बरामद
धरानमा सशस्त्र प्रहरीद्वारा १९० किलो गाँजा बरामद
माओवादी केन्द्रले दमकमा एक लाख बिरुवा रोप्ने
माओवादी केन्द्रले दमकमा एक लाख बिरुवा रोप्ने
थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ
थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ
नेपाल टेलिकमले ३४ विमानस्थलहरूमा नि:शुल्क इन्टरनेट सेवा दिने
नेपाल टेलिकमले ३४ विमानस्थलहरूमा नि:शुल्क इन्टरनेट सेवा दिने
इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
५० विद्यार्थी बोकेको स्कूल बस फर्पिङमा दुर्घटना
५० विद्यार्थी बोकेको स्कूल बस फर्पिङमा दुर्घटना
वल्र्डलिंकले ल्यायो ‘स्मार्ट कोम्बो डिल’
वल्र्डलिंकले ल्यायो ‘स्मार्ट कोम्बो डिल’
समाजवादी मोर्चा घोषणा आज हुदै
समाजवादी मोर्चा घोषणा आज हुदै
‘हेल्लो सरकार’को वेबसाइट ह्याक, संवेदनशील डेटा डार्कवेबमा
‘हेल्लो सरकार’को वेबसाइट ह्याक, संवेदनशील डेटा डार्कवेबमा
मौसम पूर्वानुमान : तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने
मौसम पूर्वानुमान : तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने