भारतीय बजारमा नेपालीको चहलपहल, नेपाली बजार भने सुनसान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २९, २०८२
|
|
२३ पटक हेरिएको
Shares
भारतीय बजारमा नेपालीको चहलपहल, नेपाली बजार भने सुनसान

सारांश

  • दिपावाली र छठ पर्वका लागि आवश्यक सामग्री किन्नका लागि सीमापारिको भारतीय बजारमा नेपाली सेवाग्राहीको चहलपहल बढेको छ ।
  • तर, सिमावारी नेपाली बजार भने सुनसान जस्तै बनेका छन् ।
  • दैनिक उपभोग्य खाद्यान्न सामग्री, लत्ताकपडा भाँडावर्तन लगायतका सामग्रीहरु नेपालमा भन्दा भारतीय बजारमा सस्तो पाईने भएपछि नेपाली सेवाग्राहीको चाप भारतीय बजारमा बढेको हो ।

२९ असोज, रौतहट ।

दिपावाली र छठ पर्वका लागि आवश्यक सामग्री किन्नका लागि सीमापारिको भारतीय बजारमा नेपाली सेवाग्राहीको चहलपहल बढेको छ । तर, सिमावारी नेपाली बजार भने सुनसान जस्तै बनेका छन् । दैनिक उपभोग्य खाद्यान्न सामग्री, लत्ताकपडा भाँडावर्तन लगायतका सामग्रीहरु नेपालमा भन्दा भारतीय बजारमा सस्तो पाईने भएपछि नेपाली सेवाग्राहीको चाप भारतीय बजारमा बढेको हो । आफ्ना दैनिक आवश्यकताको वस्तु किनमेलका लागि गौरका अधिकांश नागरिक बरगैनिया बजार जाने चलन बढ्दो छ ।

गौर स्थानीय अमित केशरीका अनुसार पर्वको समयमा नेपाल र भारतको सिमामा सवारीको जाम नै हुने गर्छ । यो समयमा नेपालको बजार सुनसान र भारतिय बजारमा सर्वसाधारणको किनमेलका लागी भिड हुन्छ उनले भने । नेपाली बजार भन्दा सामनको मुल्य करीब आधा मुल्य नै सस्तो पार्ने उनको भनाइ छ । चाडपर्वमा आवश्यक पर्ने चिनी, मैदा, तेल लगायतको सस्तो रहेको र अन्य सामनको मुल्य पनि १० देखि ३० रुपैयाँ सम्म सस्तो पर्ने उनले बताए । यहाँका स्थानियहरु दिनहुँ उपभोग गर्ने खाद्यान, लत्ताकपडा, भाँडावर्तन, विवाह, श्राद्ध लगायत सामाजिक कार्य तथा भोजभतेर, चाडपर्वमा चाहिने किनमेलका लागि  भारतिय बजारमा नै निर्भर रहने गरेको पाईन्छ ।  यसले दैनिक रूपमा नेपाली रुपैयाँ भारत बाहिरिने क्रम र परिमाण अप्रत्याशित रुपमा बढेको छ ।

भारतिय बजारले गर्दा नेपाली व्यापारीहरु निकै मर्कामा परेको रौतहट उद्योग बाणिज्य संघले जनाएको छ । स्वदेशी व्यापार प्रवद्र्धन नहुँदा यहाँबाट बर्षौनी नेपाली मुद्रा विदेसिएको संघको बुझाई छ । भारतिय बजारबाट कतिपयले तस्करीको माध्यमबाट नेपालमा सामन भित्राउने गरेका छन् । विभिन्न नाका भएर राजश्व छलि गरेर भारतिय बजारबाट सामनहरु भित्रिने गरेपछि  स्वदेशमा नै उत्पादन भएका सामनहरु सिमावती बासीले खरिद नगर्ने गरेको पाईन्छ । यस बिषयमा सरोकारवाला निकाय गभ्मिर बन्नु पर्ने रौतहट उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?