संसद् विघटनविरुद्ध पाँच रिट दायर
सारांश
- सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध पाँच रिट दायर भएका छन् ।
- मंगलबार बिहान सवा ११ बजेसम्म पाँच रिट दायर भएका हुन् ।
- पहिलो नम्बरमा अधिवक्ता प्रेमराज सिलवालको रिट छ ।
२८ असोज, काठमाडौं ।
सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध पाँच रिट दायर भएका छन् । मंगलबार बिहान सवा ११ बजेसम्म पाँच रिट दायर भएका हुन् ।

पहिलो नम्बरमा अधिवक्ता प्रेमराज सिलवालको रिट छ । अधिवक्ता कृतिनाथ शर्मा पौडेलको दोस्रो, युवराज सफल पौडेलको तेस्रो नम्बरमा छ । विपना शर्मा र आयुष बडालको चौथो तथा मकबुल मियाको पाँचौँ नम्बरमा छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया