सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २७, २०८२
|
|
२८ पटक हेरिएको
Shares
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार

सारांश

  • सोमबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै समूहगत सूचक बढेका छन् ।
  • नेप्से परिसूचक ४४.
  • २५ अंक बढेसँगै २५४७ मा कायम भएको छ ।

२७ असोज, काठमाडौं ।

सोमबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै समूहगत सूचक बढेका छन् । नेप्से परिसूचक ४४.२५ अंक बढेसँगै २५४७ मा कायम भएको छ । कारोबार खुल्दा केही उतारचढाव देखिएको बजारले साढे १२ बजेपछि वृद्धिको लय लियो ।समग्र बजार बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ७० करोडको कारोबार भएकोमा आज ४ अर्ब ९७ करोडको भयो । २ सय कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ८ को स्थिर रह्यो ।

अन्य समूह सबैभन्दा धेरै ५.०१ प्रतिशत बढ्यो । बैंकिङ ०.२८, विकास बैंक १.४१, फाइनान्स १.०२, होटल तथा पर्यटन ३.३५, हाइड्रोपावर २.१०, लगानी २.२७, जीवन बीमा १.९२, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.४४ तथा व्यापार समूह २.८१ प्रतिशत बढे । नेपाल माइक्रोइन्स्योरेन्स, नेपाल पुनर्बीमा, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । इमर्जिङ नेपालको ९.९, एनआरएन इन्फ्रास्ट्रक्चरको ९.८, बुटवल पावरको ८.९८, सीईडीबी होल्डिङ्सको ८.४५ प्रतिशत मूल्य बढ्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको ५.२६, थ्रीस्टार हाइड्रोपावरको ४.४५, समता लघुवित्तको ३.५३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभामा विपक्षी दलहरूको रणनीति– प्रतिस्थापन विधेयक अघि बढाउन खोजे बैठक बहिष्कार
राष्ट्रियसभामा विपक्षी दलहरूको रणनीति– प्रतिस्थापन विधेयक अघि बढाउन खोजे बैठक बहिष्कार
सात वर्षदेखि अधूरै बृहत् लिफ्ट आयोजना
सात वर्षदेखि अधूरै बृहत् लिफ्ट आयोजना
ग्रामथानका अध्यक्षले खोसे उपाध्यक्ष र वडाध्यक्षको गाडी, आफू पनि नचढ्ने
ग्रामथानका अध्यक्षले खोसे उपाध्यक्ष र वडाध्यक्षको गाडी, आफू पनि नचढ्ने
पत्रकार रजकको घरमा प्रेस सेन्टर : परिवारको मागप्रति ऐक्यबद्धता
पत्रकार रजकको घरमा प्रेस सेन्टर : परिवारको मागप्रति ऐक्यबद्धता
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय पर धकेलियो
सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय पर धकेलियो
लखनदेही खोलामा नुहाउन गएका सर्लाहीका १८ वर्षीय युवकको डुबेर मृ*त्यु
लखनदेही खोलामा नुहाउन गएका सर्लाहीका १८ वर्षीय युवकको डुबेर मृ*त्यु
लक्ष्मीपूजाको दिन १६ सय ५० मेगावाट बिजुली खपत
लक्ष्मीपूजाको दिन १६ सय ५० मेगावाट बिजुली खपत
बिरीयानीपछि तरबूजा खाँदा एउटै परिवारका ४ जनाको मृत्यु
बिरीयानीपछि तरबूजा खाँदा एउटै परिवारका ४ जनाको मृत्यु
आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म
आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म