रास्वपाले कात्तिक १५ भित्र उम्मेदवार छनोटको तयारी सुरु गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
१९ पटक हेरिएको
Shares
रास्वपाले कात्तिक १५ भित्र उम्मेदवार छनोटको तयारी सुरु गर्ने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १५ कात्तिकभित्र उम्मेदवारको तयारी सुुरु गर्ने भएको छ ।
  • २२ र २४ असोजमा बसेको सचिवालय बैठकले उम्मेदवार छनोटको विधि बनाउन सहमहामन्त्री विपीनकुमार आचार्यलाई जिम्मेवारी दिइएको छ ।
  • एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिमा प्रदेशमार्फत् जिल्ला, निर्वाचन क्षेत्र, पालिका तहसम्मको सुझाव संकलन गरी मस्यौदा तयार गर्न आचार्यलाई तोकिएको छ ।

२४ असोज, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १५ कात्तिकभित्र उम्मेदवारको तयारी सुुरु गर्ने भएको छ । २२ र २४ असोजमा बसेको सचिवालय बैठकले उम्मेदवार छनोटको विधि बनाउन सहमहामन्त्री विपीनकुमार आचार्यलाई जिम्मेवारी दिइएको छ । एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिमा प्रदेशमार्फत् जिल्ला, निर्वाचन क्षेत्र, पालिका तहसम्मको सुझाव संकलन गरी मस्यौदा तयार गर्न आचार्यलाई तोकिएको छ ।

प्रदेश सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय रास्वपाले गरेको छ । उक्त कार्यदललाई सुझाव संकलनको लागि सात दिनको अवधि तोकिएको छ । कार्यदलको सुझावको आधारमा  कात्तिक १५ भित्र उम्मेदवारी आव्हानको तयारी गर्ने प्रवक्ता मनिष झाले जानकारी गराए । उपसभापति डा.स्वर्णिम वाग्लेलाई उच्च संवाद समितिको संयोजन गर्ने जिम्मेवारी तोकिएको छ । वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक–राजनीतिक शक्ति र समूहसँग वार्ता गर्ने गरी वाग्लेलाई जिम्मेवारी तोकिएको हो । पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै वृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उच्च तहको संवाद वाग्लेले गर्ने प्रवक्ता झाले जानकारी गराए ।

केन्द्रीय सल्लाहकार परिषद् गठन

रास्वपाले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । पाँच सदस्यीय परिषद्मा विज्ञ, लब्ध प्रतिष्ठित मनोनित गरिएको रास्वपाले जनाएको छ । परिषदमा मनोनित हुनेहरुमा चितवनका जगन्नाथ पौडेल, तनहुँका नमस्तेलाई भूमि, ललितपुरकी शोभा जोशी विजुक्छे, सप्तरीका बुद्धीलाल विश्वकर्मा, र महोत्तरीका जयकिशोर लाल छन् । वरिष्ठ अधिवक्ता समेत रहेका पौडेल नेपाली कांग्रेस परित्याग गरेका चितवनका नेता हुन् । परिषद्का अर्का सदस्य नमस्तेलाल सर्वाङ्गीण विकास एवं सरसफाई विज्ञ हुन् । विजुक्छे समाजसेवी, उद्यमी हुन् । विश्वकर्मा पेशाले इन्जिनियर हुन् भने जलस्रोत एवं सिंचाइ विज्ञ समेत हुन् । जयकिशोर लाल जनकपुर नर्सिङ  क्याम्पस पूर्व प्रमुख हुन् । रास्वपाले विस्तारित बैठक चितवनमा गर्ने निर्णय गरेको छ । कात्तिक १४ र १५ गते चितवनमा हुने विस्तारित बैठकको व्यवस्थापनको संयोजकमा केन्द्रीय सदस्य हरि ढकाल तोकिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध
स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध
राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाको नाम सिफारिस
प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाको नाम सिफारिस
जुवातास खेलिरहेको अवस्थामा काभ्रेबाट १५ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काभ्रेबाट १५ जना पक्राउ
ललितपुर महानगरपलिकाले आज १०७ औँ स्थापना दिवस मनाउँदै
ललितपुर महानगरपलिकाले आज १०७ औँ स्थापना दिवस मनाउँदै
छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी
छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी
विश्वकप छनोट : आज नेपाल कतारसँग प्रतिस्पर्धा गर्दै
विश्वकप छनोट : आज नेपाल कतारसँग प्रतिस्पर्धा गर्दै
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ९ जना घाइते
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ९ जना घाइते
खानेपानीमन्त्री यादव र एडीबीका देशीय निर्देशक अर्नाउडबीच भेट
खानेपानीमन्त्री यादव र एडीबीका देशीय निर्देशक अर्नाउडबीच भेट
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का

तपाईंले छुटाउनुभयो कि?