मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टोलीको शृंखला जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २२, २०८२
|
|
४९ पटक हेरिएको
Shares
मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टोलीको शृंखला जित

सारांश

  • नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२०आई शृंखला जितेको छ ।
  • बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको हो ।
  • मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

२२ असोज, काठमाडौं ।

नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२०आई शृंखला जितेको छ । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको हो । मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् । पूजा महतोले २३ रन बनाइन् । रुबिना क्षेत्री १५ रनमा अविजित रहिन् ।

मलेसियाकी नुर दानिया स्युहादा, आइसा एलिसा, आइना हमिजा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाइन् । नेपालकी कविता कुँवरले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिइन् । राजमती ऐरीले पनि ३ विकेट लिइन् । नेपाल यसअघि पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो । त्यस्तै तेस्रो खेलमा १३ रनले पराजित हुँदा चौथो खेलमा ६ विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने
प्रदेश सांसद गुरुङले बेलायतबाट पठाएको राजीनामा अस्वीकृत, स्वयम् उपस्थित हुन निर्देशन
प्रदेश सांसद गुरुङले बेलायतबाट पठाएको राजीनामा अस्वीकृत, स्वयम् उपस्थित हुन निर्देशन
स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा
स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा
मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
लामिछानेविरुद्धको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा
लामिछानेविरुद्धको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
नयाँ दल दर्ताको निवेदन अवैधानिक : जसपा
नयाँ दल दर्ताको निवेदन अवैधानिक : जसपा
चिनियाँ राजदूत साङ्को मदनपुरमा भव्य स्वागत, प्रविधिमैत्री कक्षाको उद्घाटन
चिनियाँ राजदूत साङ्को मदनपुरमा भव्य स्वागत, प्रविधिमैत्री कक्षाको उद्घाटन
कास्की जिल्ला अदालतमा आदेश लेखन जारी
कास्की जिल्ला अदालतमा आदेश लेखन जारी
चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित
चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित