Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पहिरोपीडित इलाममा पुग्यो कोशी सरकारको राहत

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २१, २०८२
|
|
४० पटक हेरिएको
Shares
पहिरोपीडित इलाममा पुग्यो कोशी सरकारको राहत

सारांश

  • लगातारको वर्षाले ठूलो क्षति बेहोरेको इलाम जिल्लामा कोशी प्रदेश सरकारले हवाई माध्यमबाट पहिलो चरणको राहत पठाएर उद्धार अभियानलाई तीव्रता दिएको छ ।
  • स्थलमार्ग अवरुद्ध भएपछि प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी खाद्यान्न र अत्यावश्यक सामग्री बिहानै इलाम पु¥याएको हो ।
  • मुख्यमन्त्री हिम्मत कार्कीले राहत कार्यलाई तीव्र र प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाए ।

२१ असोज, विराटनगर ।

लगातारको वर्षाले ठूलो क्षति बेहोरेको इलाम जिल्लामा कोशी प्रदेश सरकारले हवाई माध्यमबाट पहिलो चरणको राहत पठाएर उद्धार अभियानलाई तीव्रता दिएको छ । स्थलमार्ग अवरुद्ध भएपछि प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी खाद्यान्न र अत्यावश्यक सामग्री बिहानै इलाम पु¥याएको हो । मुख्यमन्त्री हिम्मत कार्कीले राहत कार्यलाई तीव्र र प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाए ।

उनका अनुसार प्रदेश सरकारले तत्काल उद्धारपछि विस्थापित परिवारको बसोबास र दैनिक आवश्यक सामग्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार चामल, दाल, आलु, तेल, नुन, बेसार, ब्ल्याङ्केट, सिरानी, म्याट्रेस र त्रिपाल लगायतका सामग्रीहरू इलामका विभिन्न प्रभावित क्षेत्रमा पठाइएको छ । सचिव आचार्यले भने, ‘इलाममा सडक सञ्जाल बाढी र पहिरोले अवरुद्ध भएपछि राहत पु¥याउन एक मात्र विकल्प हवाई मार्ग थियो । अहिले माङ्सेबुङ र सदरमुकाम इलाममा पहिलो चरणको सामग्री पुगेको छ, थप सामग्री पठाउने तयारी भइरहेको छ ।’

असोज १७ र १८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले इलामको सूर्योदय नगरपालिका, सन्दकपुर, माङ्सेबुङ, माईजोगमाई, देउमाई, फाकफोकथुम लगायतका स्थानीय तहमा मानवीय तथा भौतिक क्षति पु¥याएको थियो । प्रदेश सरकारले इलामलाई ‘उच्च प्राथमिकता क्षेत्र’ घोषित गर्दै राहत तथा पुनःस्थापनाको दीर्घकालीन योजना बनाउने तयारी समेत गरेको छ । मुख्यमन्त्री कार्कीले पीडित परिवारलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । बाढीपहिरोका कारण ठूलो क्षति व्यहोरेको इलाममा मात्रै ३८ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्यले आज पनि बनायो इतिहासकै सर्वाधिक महँगो रेकर्ड
सुनको मूल्यले आज पनि बनायो इतिहासकै सर्वाधिक महँगो रेकर्ड
विपी स्मृति अस्पताललाई फोहोरो व्यवस्थापन नगरेपछि महानगरको जरीवाना
विपी स्मृति अस्पताललाई फोहोरो व्यवस्थापन नगरेपछि महानगरको जरीवाना
जगमानले पाए राजावादी आन्दोलनको जिम्मा
जगमानले पाए राजावादी आन्दोलनको जिम्मा
रुसमा पुनः भूकम्पको शक्तिशाली धक्का, सुनामीको चेतावनी जारी
रुसमा पुनः भूकम्पको शक्तिशाली धक्का, सुनामीको चेतावनी जारी
तेलङ्गानामा कार तालमा खस्दा पाँच जनाको मृत्यु
तेलङ्गानामा कार तालमा खस्दा पाँच जनाको मृत्यु
यी चार माग एक हप्ताभित्र पूरा गर्न सरकारलाई डा गोविन्द केसीको अल्टिमेटम
यी चार माग एक हप्ताभित्र पूरा गर्न सरकारलाई डा गोविन्द केसीको अल्टिमेटम
तीन करोडमुनिका योजना र कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
तीन करोडमुनिका योजना र कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
सुशीला कार्की र दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगियो
सुशीला कार्की र दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगियो
गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग
गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग
आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै