Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राजदेवी मन्दिरमा खोइँछ भराई र प्रसादी चढाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १४, २०८२
|
|
४१ पटक हेरिएको
Shares
राजदेवी मन्दिरमा खोइँछ भराई र प्रसादी चढाइँदै

सारांश

  • जनकपुरधामस्थित राजदेवी मन्दिरमा खोइँछ भराई तथा प्रसादी चढाउने श्रद्धालुभक्तजनहरुको भीड लागेको छ ।
  • राती १२ बजेदेखिनै श्रद्धालुभक्तजनहरु लाईनमा लागेर प्रसाद चढाउँदै छन् भने सौभाग्यवती एवं सन्तानको कामना गर्दै महिलाहरु ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गर्दैछन् ।
  • नवरात्र शुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, बेसारको गिँड, सिन्दूर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि गर्ने गर्छन् ।

१४ असोज, जनकपुर ।

जनकपुरधामस्थित राजदेवी मन्दिरमा खोइँछ भराई तथा प्रसादी चढाउने श्रद्धालुभक्तजनहरुको भीड लागेको छ । राती १२ बजेदेखिनै श्रद्धालुभक्तजनहरु लाईनमा लागेर प्रसाद चढाउँदै छन् भने सौभाग्यवती एवं सन्तानको कामना गर्दै महिलाहरु ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गर्दैछन् । नवरात्र शुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, बेसारको गिँड, सिन्दूर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि गर्ने गर्छन् ।

भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आउने, नौ दिनसम्म माइतमा बस्ने र दशमीका दिन ससुराली जाने मान्यताका साथ खोइँछ भर्ने परम्परा मिथिलाञ्चलमा रहेको छ । खोइँछ दिनुलाई समृद्धि, परिपूर्णता, र भावनात्मक शुभाशीषको प्रतीक मानिन्छ । यसको सम्बन्ध आँचरसँग हुन्छ । आँचर महिलाका लागि सबैभन्दा ठूलो निधि हो । आँचर यस्तो अमूल्य मानिन्छ, जसलाई बाँधिएमा खोइँछ र खोलेमा आँचर हुन्छ । खोइँछमा प्रमुख रूपले प्रदान गरिने धानलाई अन्नपूर्णा देवीको प्रतीक मानिन्छ, जसको अभिप्राय अन्नको अभाव कहिल्यै नहुने, दुबोलाई भगवान् शिवको प्रतीक मानिन्छ । जसको अर्थ ईश्वरको अनुकम्पा सधैँ रहिरहने र बेसारलाई विष्णुको र सिन्दूरलाई सौभाग्यको प्रतीक मानिएको छ । मिथिलाञ्चलमा महिलाले माइतबाट ससुराली, ससुरालीबाट माइती, एक स्थानबाट अर्को स्थान जानेबेलामा पनि खोइँछ भर्ने परम्परा रहेको छ । यो विधि कुलदेवता र देवीको मन्दिरमा गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिरीयानीपछि तरबूजा खाँदा एउटै परिवारका ४ जनाको मृत्यु
बिरीयानीपछि तरबूजा खाँदा एउटै परिवारका ४ जनाको मृत्यु
मैले आन्दोलनमा गोली चलाउन आदेश दिएको होइन, दोषी देखाएर भ्रम फैलाइयो : ओली
मैले आन्दोलनमा गोली चलाउन आदेश दिएको होइन, दोषी देखाएर भ्रम फैलाइयो : ओली
बसको ठक्करबाट युवकको मृत्यु, सप्तरीको हनुमाननगरमा तनाव
बसको ठक्करबाट युवकको मृत्यु, सप्तरीको हनुमाननगरमा तनाव
विद्युतको तार सर्ट भएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति
विद्युतको तार सर्ट भएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति
कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु
कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु
नेपाली चेस टोली श्रीलंका प्रस्थान
नेपाली चेस टोली श्रीलंका प्रस्थान
हमासले सार्वजनिक गरे ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ जसमा नेपालका विपिन जोशी पनि
हमासले सार्वजनिक गरे ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ जसमा नेपालका विपिन जोशी पनि
बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी
बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी
कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित
कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित
स्पेन जानेहरूको विवरण उपलब्ध गराउन दूतावासलाई सीआईबीको पत्र
स्पेन जानेहरूको विवरण उपलब्ध गराउन दूतावासलाई सीआईबीको पत्र