अभिनेता विजयलाई पक्राउ गर्न माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १३, २०८२
|
|
४० पटक हेरिएको
Shares
अभिनेता विजयलाई पक्राउ गर्न माग

सारांश

  • तमिल फिल्म उद्योगका अभिनेताबाट राजनीतिज्ञ बनेका विजय सहभागी भएको करुरमा भएको र्‍यालीमा ४० जनाको मृत्यु भएपछि यतिखेर अभिनेतालाई पक्राउ गर्नु पर्ने माग उठिरहेको छ ।
  • तमिलनाडु विद्यार्थी सङ्गठनले तमिलगा भेत्री कझगम (टिभीके) प्रमुख विजयलाई निशाना बनाइरहेका छन् ।
  • सङ्गठनले विजयको निन्दा गर्दै पोस्टरहरू टाँसेका छन् ।

१३ असोज, नयाँ दिल्ली ।

तमिल फिल्म उद्योगका अभिनेताबाट राजनीतिज्ञ बनेका विजय सहभागी भएको करुरमा भएको र्‍यालीमा ४० जनाको मृत्यु भएपछि यतिखेर अभिनेतालाई पक्राउ गर्नु पर्ने माग उठिरहेको छ । तमिलनाडु विद्यार्थी सङ्गठनले तमिलगा भेत्री कझगम (टिभीके) प्रमुख विजयलाई निशाना बनाइरहेका छन् । सङ्गठनले विजयको निन्दा गर्दै पोस्टरहरू टाँसेका छन् । यी पोस्टरहरूमा विजयको हात रगतले लतपतिएको देखाइएको छ ।

भागदौडका क्रममा मान्छेको ज्यान गएपछि प्रहरीले पाँच जनाविरुद्ध मुद्दा दायर भएको थियो । यसमध्ये एक जना टिभीकेका महासचिव एन आनन्द पनि थिए । आइतबार विजयले आफ्नो ‍र्‍यालीका क्रममा भएको भागदौडमा मर्नेका परिवार र घाइतेलाई सहायता राशि दिने घोषणा गरेका थिए । दुर्घटनामा प्रियजनहरू गुमाएका प्रत्येक परिवारलाई २० लाख भारु सहायता दिइने माइक्रोब्लगिङ वेबसाइट एक्समा उनले एउटा पोस्टमा बताएका थिए । उपचार गराइरहेका घाइतेहरूलाई पनि २ लाख भारु दिइने घोषणा गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेबनानविरुद्ध इजरायलका लागि जासुसी गर्ने दुई सिरियाली नागरिक पक्राउ
लेबनानविरुद्ध इजरायलका लागि जासुसी गर्ने दुई सिरियाली नागरिक पक्राउ
कैलाली भन्सार प्रमुखमाथि कुटपिट : नगर प्रहरी प्रमुखसहित चार पक्राउ
कैलाली भन्सार प्रमुखमाथि कुटपिट : नगर प्रहरी प्रमुखसहित चार पक्राउ
राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन
राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन
विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग
विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग
भारतमा तीर्थयात्री बोकेको जिप दुर्घटना, ११ जनाको मृ*त्यु, ४ घाइते
भारतमा तीर्थयात्री बोकेको जिप दुर्घटना, ११ जनाको मृ*त्यु, ४ घाइते
पेरिस ओलम्पिकमा नेपालले आज दुई खेलमा प्रतिस्पर्धा गर्दै
पेरिस ओलम्पिकमा नेपालले आज दुई खेलमा प्रतिस्पर्धा गर्दै
सम्भावित विपद् प्रतिकार गर्न सरकार तयारी अवस्थामा छ : गृहमन्त्री
सम्भावित विपद् प्रतिकार गर्न सरकार तयारी अवस्थामा छ : गृहमन्त्री
चीनमा नेपाली संस्कृति प्रदर्शन
चीनमा नेपाली संस्कृति प्रदर्शन
नेपाल–भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्न विभिन्न नियकाबीच सहकार्य
नेपाल–भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्न विभिन्न नियकाबीच सहकार्य
किर्ते कागजात प्रकरण : नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बित
किर्ते कागजात प्रकरण : नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बित