१३ चैत्र २०८२, शुक्रबार

सवारी जामले बीपी राजमार्ग अस्तव्यस्त, घर हिँडेका यात्रु तनावमा

१३ असोज, काभ्रेपलाञ्चोक ।

नेपालीहरूको महान् पर्व बडादशैँ सुरु भएसँगै गाउँ फर्कनेहरुको संख्या बढिरहेको छ । यतिबेला काठमाडौंका प्रमुख नाका क्षेत्रमा उपत्यका छाड्नेहरूको चहलपहल बढेको छ । बीपी र अरनिको राजमार्ग हुँदै पूर्वी नेपाल जानेहरूको भिड थेगिनसक्नुको छ । पृथ्वीराजमार्गको विभिन्न स्थानमा गएको पहिरो, मुग्लिन नारायणघाट सडक खण्डमा झरेको पहिरोको कारण यो वर्ष पूर्व जानेहरू बीपी राजमार्गको प्रयोग गरेर गइरहेका छन् । तर साँघुरो सडक तथा गत असोजमा आएको बाढीपहिरोले क्षति बनाएको बीपी राजमार्ग हुँदै दशैं मनाउने उमंगसहित घर हिँडेका यात्रु अहिले बाटोमा भएको जामले सास्ती बेहोर्न बाध्य छन्।

बीपी र अरनिको राजमार्ग हुँदै जाने सवारीको संख्या बढेसँगै जाम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल ध्वजुले जानकारी दिए । ‘बिहान ३ बजेदेखि अहिले सम्म एउटै फ्लोमा सवारी साधन गइरहेको छ,’ उनले भने, ‘सडकको अवस्थाको कारण यात्रुलाई केही समस्या भएको छ ।’ सूर्यविनायक धुलिखेल सडक निर्माणाधीन र बीपी रजमार्ग सानो भएकाले जाम धेरै भएको हो । विषेशगरी बाढीले क्षति पुर्‍याएको स्थानमा बढी जाम छ । बाढीले बिगारेको सडकका कारण जाम भएको छ । राजमार्गको धेरै जाम हुने स्थानमध्ये साँघुरा पुल, तथा बाढी पहिरोले भत्काएका स्थानका कच्चि सडक र खाल्डाखुल्डीले बढी जाम देखिएका छन् ।

जामका कारण धेरै यात्रा गर्न कठिन भएको यात्रुहरू बताउँछन् । गत बर्षको बाढीले चौकीडाँडा देखि नेपालथोक सम्मको सडकमा क्षति गरेको थियो । २२ किलोमिटरमध्ये करिब १२ किलोमिटर सडक बगाउनुका साथै पहिरोलेसमेत कतिपय स्थानमा खसालेको छ । त्यही सडकलाई अहिले अस्थायी रुपमा सञ्चालन ल्याइएको छ । त्यस्तै अरनिको राजमार्गको धुलिखेल खावा खण्डमा माथिबाट आएको पहिरोले गर्दा एकतर्फी यातायात संचालनमा आएको प्रहरीले जनाएको छ ।

Post Comment

छुटाउनुभयो कि ?