झुम्का कारागारबाट भागेका ५० कैदी धरानबाट पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
झुम्का कारागारबाट भागेका ५० कैदी धरानबाट पक्राउ

सारांश

  • भदौ २४ को प्रदर्शनका क्रममा झुम्का कारागारबाट फरार भएका कैदीहरुमध्ये हालसम्म ५० जना कैदीलाई धरानबाट पक्राउ गरिएको छ ।
  • झुम्का कारागारबाट १५ सय ७५ कैदी फरार भएका थिए ।
  • जसमध्ये धरानबाट मात्र हालसम्म ५० जना कैदी पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबु राई बताए ।

११ असोज, धरान ।

भदौ २४ को प्रदर्शनका क्रममा झुम्का कारागारबाट फरार भएका कैदीहरुमध्ये हालसम्म ५० जना कैदीलाई धरानबाट पक्राउ गरिएको छ । झुम्का कारागारबाट १५ सय ७५ कैदी फरार भएका थिए । जसमध्ये धरानबाट मात्र हालसम्म ५० जना कैदी पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबु राई बताए । पक्राउ पर्नेमा धरान-१५ का ३२ वर्षीय राजु थापा मगर रहेका छन् । उनी लागुऔषध मुद्दाका कैदी हुन् । प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले फरार मगरलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

यस्तै, धनकुटाका छथरजोरपाटी गाउँपालिका-४ का ३४ वर्षीय नितेश भन्ने योगेन्द्र बिक पक्राउ परेका छन् । उनी जर्बजस्ती करणी मुद्दाका कैदी हुन् । प्रहरीका अनुसार अस्थायी प्रहरी चौकी विजयपुरबाट प्रहरी हवलदार गणेश रायको कमाण्डमा खटिएको टोलीले फरार बिकलाई धरान-१४ विजयपुरबाट नियन्त्रणमा लिइएको जनाएको छ । लागुऔषध मुद्दाका अर्का फरार कैदी धरान-१४ गणेशचोकका २४ वर्षीय दिपक परियार पनि पक्राउ परेका छन् । उनलाई पनि अस्थायी प्रहरी चौकी विजयपुरबाट खटिएको प्रहरी हवलदार गणेश रायको कमाण्डमा खटिएको टोलीले परियारको घरबाट नै नियन्त्रणमा लिएको डीएसपी राईले बताए । पक्राउ परेका सबै कैदीबन्दीलाई कारागार पुर्‍याएको उनले बताए ।

भदौ २४ को प्रदर्शनका क्रममा झुम्का कारागारबाट १५ सय ७५ कैदी फरार भएका थिए । जसमध्ये आइतबारसम्म ९ सय ९१ जना कैदीबन्दी पक्राउ परेको र केही आफै फर्किएको झुम्का कारागारका जेलर राम निरौलाले बताए । उनका अनुसार कारागारको ब्लब ‘ए’ र ब्लक ‘ब’ गरी १ हजार ७ सय ५४ जना कैदी रहेका थिए । त्यसमध्ये सबैभन्दा बढी लागूऔषध मुद्दाका कैदीबन्दी रहेको जेलर निरौलाले बताए । जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार विज्ञप्ति जारी गर्दै झुम्का कारागारबाट फरार भएका कैदीबन्दीलाई असोज २० गतेसम्म कारागारमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्ज नाकाबाट ३ महिनामा भित्रियो २ खर्ब १८ अर्बको सामान
वीरगञ्ज नाकाबाट ३ महिनामा भित्रियो २ खर्ब १८ अर्बको सामान
पाल्पामा डढेलोले जङ्गल सखाप हुँदै
पाल्पामा डढेलोले जङ्गल सखाप हुँदै
नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण: सचिव मैनाली
नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण: सचिव मैनाली
नेपाली सेनामा पुजारीदेखी भिडिओग्राफर सम्म ३८८ कर्मचारी माग
नेपाली सेनामा पुजारीदेखी भिडिओग्राफर सम्म ३८८ कर्मचारी माग
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित
ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
पाल्पा जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो
पाल्पा जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो
जनमतले पाँच केन्द्रीय नेतासहित ९ पार्टी सदस्यलाई सोध्यो स्पष्टीकरण
जनमतले पाँच केन्द्रीय नेतासहित ९ पार्टी सदस्यलाई सोध्यो स्पष्टीकरण
पचरौताका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
पचरौताका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा