घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन र विकासका जोड दिन्छौं : मन्त्री सिन्हा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ११, २०८२
|
|
२५ पटक हेरिएको
Shares
घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन र विकासका जोड दिन्छौं : मन्त्री सिन्हा

सारांश

  • उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले देशकै आर्थिक पाटो मजबुत बनाउन लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च भएको भन्दै यस्ता उद्योगहरुको प्रवद्र्धन र विकासका लागि सरकार प्रतिवद्ध भएर लाग्ने बताएका छन् ।
  • नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिमण्डलसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटघाट र छलफलका क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री सिन्हाले भने, ‘अर्थतन्त्रको महत्वपूर्ण पाटोका रुपमा रहेका घरेलु तथा साना उद्योगहरु मेरो र सरकारकै पनि प्राथमिकता प्राप्त क्षेत्र हो ।
  • छोटो समयको लागि यो जिम्मेवारीमा आएको छु के कति हदसम्म गर्न सकिन्छ म पहल गर्छु ।

११ असोज, काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले देशकै आर्थिक पाटो मजबुत बनाउन लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च भएको भन्दै यस्ता उद्योगहरुको प्रवद्र्धन र विकासका लागि सरकार प्रतिवद्ध भएर लाग्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिमण्डलसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटघाट र छलफलका क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री सिन्हाले भने, ‘अर्थतन्त्रको महत्वपूर्ण पाटोका रुपमा रहेका घरेलु तथा साना उद्योगहरु मेरो र सरकारकै पनि प्राथमिकता प्राप्त क्षेत्र हो । छोटो समयको लागि यो जिम्मेवारीमा आएको छु के कति हदसम्म गर्न सकिन्छ म पहल गर्छु ।’

मन्त्री सिन्हाले स्वदेशी वस्तुहरूको प्रयोगलाई प्राथमिकता दिने नीति अंगिकार गरेको जानकारी दिँदै यस्तो प्रयोगले रोजगारी सिर्जना गर्ने, स्थानीय उद्योगलाई मजबुत बनाउने र आयातलाई घटाउने अपेक्षा गरिएको बताए । मुलुकको पुननिर्माण तथा मर्मत कामहरुमा स्थानीय स्रोत साधन र स्वदेशी सामग्रीको प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले आगामी निर्वाचनका लागि जे–जति वस्तु आवश्यक पर्छ स्थानीय तहमा पाइने वस्तुलाई प्राथमिकतामा राख्न विशेष अनुरोध गरेको बताए । सार्वजनिक निकायहरूको खरिद प्रक्रियामा स्वदेशी उत्पादनलाई प्राथमिकता रहेको भन्दै उनले विशेष गरी फर्निचर र निर्माण सामग्रीहरूमा पुनर्निर्माणमा स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लागू गरिने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बैंकको उच्च ब्याजदरका कारण लघु, घरेलु तथा साना उद्यमीहरु ऋण तिर्न असमर्थ रहेकाले ब्याजदर घटाउनुपर्नेतर्फ मन्त्री सिन्हाको ध्यानकर्षण गराए ।

उद्यमीले लिएको ऋणको पुनर्तालिकीकरण तथा ऋण पुनर्संरचनाको आवश्यकता औंल्याउँदै उनले यस्ता उद्योगको हकमा सहुलियतपूर्ण कर्जाको दायरा तीन करोड पुर्याउनुपर्ने र दुईतीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउनुपर्नेतर्फ मन्त्री सिन्हाको ध्यानाकर्षण गराए । स्वदेशी उत्पादनहरुलाई आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिनाई भएकाले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारी नीतिको खाँचो औंल्याउँदै सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगलाई बढावा दिनुपर्ने बताए । निर्यात प्रवद्र्धनका लागि प्रोत्साहन तथा प्रक्रिया सरलीकरण आवश्यक आवश्यक भएको भन्दै उनले ठुला र साना उद्योगलाई एउटै बास्केटमा नराखी साना उद्योगलाई छुट्टै सेवा सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिए  । महासंघ अन्तरगत केन्द्रिय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवालले महिलाहरुले सञ्चालन गरिरहेका साना तथा घरेलु उद्योग अफ्ठ्यारोमा रहेको भन्दै यस्ता अफ्ठ्यारोलाई फुकाउन सहुलियत दरको कर्जामार्फत सहजीकरण गरिदिन आग्रह गरे । सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्धय डा. रामप्रसाद घिमिरे र कृष्ण बहादुर राउत, महासंघका उपाध्यक्ष सत्यनारायण प्रजापतिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
नेपालको सामाजिक सुरक्षालाई आईएलओले रोलमोडलको रुपमा अगाडि बढाउन खोजेको छः श्रममन्त्री भण्डारी
नेपालको सामाजिक सुरक्षालाई आईएलओले रोलमोडलको रुपमा अगाडि बढाउन खोजेको छः श्रममन्त्री भण्डारी
नेपाली सेनाले बरामद ३३ लाख ७० हजार रुपैया,र लुटिएको हतियार
नेपाली सेनाले बरामद ३३ लाख ७० हजार रुपैया,र लुटिएको हतियार
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्रीबीच आज भेटवार्ता हुँदै
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्रीबीच आज भेटवार्ता हुँदै
उग्ररुप लियो जेनजी आन्दोलन: ट्रमा सेन्टरमा मात्रै चार जनाको मृ*त्यु
उग्ररुप लियो जेनजी आन्दोलन: ट्रमा सेन्टरमा मात्रै चार जनाको मृ*त्यु
अब संसारकै सबैभन्दा ठूलो फ्याक्ट्रीमा आईफोन रोबोटले बनाउने, मानवको आवश्यकता समाप्त हुँदै
अब संसारकै सबैभन्दा ठूलो फ्याक्ट्रीमा आईफोन रोबोटले बनाउने, मानवको आवश्यकता समाप्त हुँदै
रास्वपा र राप्रपाले आज पनि गर्‍यो संसद बैठक बहिस्कार
रास्वपा र राप्रपाले आज पनि गर्‍यो संसद बैठक बहिस्कार
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौंथो (४औं) बैठक बस्दै
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौंथो (४औं) बैठक बस्दै
कुँवर र खत्री सचिव पदमा बढुवा
कुँवर र खत्री सचिव पदमा बढुवा
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ