मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ९, २०८२
|
|
२६ पटक हेरिएको
Shares
मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न

सारांश

  • मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा बैठक सम्पन्न भएको छ।
  • बैठक मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतिशकुमार सिंहको अध्यक्षतामा बसेको थियो।
  • बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाको सामूहिक प्रयास आवश्यक रहेको बताए।

९ असोज, जनकपुर ।

मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा बैठक सम्पन्न भएको छ। बैठक मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतिशकुमार सिंहको अध्यक्षतामा बसेको थियो। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाको सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले शिक्षाका लागि विदेशिने ठूलो रकमलाई देशमै गुणस्तरीय शिक्षा उपलब्ध गराएर रोक्नुपर्नेमा जोड दिए।

साथै उनले विना सीप वैदेशिक रोजगारीमा जानेहरुको संख्या अझै पनि उच्च रहेको उल्लेख गर्दै रोजगारीका लागि अत्यधिक गएका मुलुकका विश्वविद्यालयहरूसँग सहकार्य गरी सीपसम्बन्धी शिक्षा प्रदान गरेर युवालाई दक्ष बनाउनुपर्नेमा जोड दिए। ‘आत्मनिर्भर बन्न दक्षता अनिवार्य भएकाले गुणस्तरीय र सीपमूलक शिक्षामा विश्वविद्यालयले ध्यान दिनुपर्छ,’मुख्यमन्त्री सिंहले भने। यस अवसरमा विश्वविद्यालयका संस्थापक कुलपति तथा पूर्व मुख्यमन्त्री मो लालबाबु राउतले मधेश विश्वविद्यालय, कृषि विश्वविद्यालय र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेशकै गौरवका संस्था भएको उल्लेख गरे। विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक बहादुर शाक्यले आगामी नीतिगत कार्यक्रम प्रस्तुत गरे। रजिष्ट्रार विजयकुमार यादवले आर्थिक वर्ष २०८२÷८३ का लागि २२ करोड ११ लाख ३ सय ६८ रुपैयाँ १८ पैसा बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठ महिनामा १४ खर्ब ८० अर्बको वैदेशिक व्यापार, ११ खर्ब व्यापार घाटा
आठ महिनामा १४ खर्ब ८० अर्बको वैदेशिक व्यापार, ११ खर्ब व्यापार घाटा
निर्माणाधिन संघीय संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
निर्माणाधिन संघीय संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो
सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो
ऊर्जा मन्त्री घिसिङसँग युएनडिपीका प्रतिनिधिको भेटवार्ता
ऊर्जा मन्त्री घिसिङसँग युएनडिपीका प्रतिनिधिको भेटवार्ता
रुपन्देहीमा दुर्गाको मूर्ति सेलाउन गएका दुई युवाको डुबेर मृत्यु
रुपन्देहीमा दुर्गाको मूर्ति सेलाउन गएका दुई युवाको डुबेर मृत्यु
८० लाख लगानीमा कोसीमा ‘घुम्ती अस्पताल’ सञ्चालन
८० लाख लगानीमा कोसीमा ‘घुम्ती अस्पताल’ सञ्चालन
चिसो घटेसँगै मुस्ताङ पर्यटन पुनः जागृत,मुक्तिनाथ केन्द्रमा चहलपहल
चिसो घटेसँगै मुस्ताङ पर्यटन पुनः जागृत,मुक्तिनाथ केन्द्रमा चहलपहल
विदेशी विमानस्थलबाट श्रमिक पठाउने थप ३९ म्यानपावर कारबाहीमा
विदेशी विमानस्थलबाट श्रमिक पठाउने थप ३९ म्यानपावर कारबाहीमा
कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
संसद भवन अगाडि जेनजी प्रदर्शनमा प्रहरीले हान्यो अश्रुग्यास
संसद भवन अगाडि जेनजी प्रदर्शनमा प्रहरीले हान्यो अश्रुग्यास