जनकपुरधाम उपमहानगरका कर्मचारीहरुले गरे पेन डाउन, उपमेयरले दुव्र्यवहार गरेको आरोप

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ७, २०८२
|
|
३७ पटक हेरिएको
Shares
जनकपुरधाम उपमहानगरका कर्मचारीहरुले गरे पेन डाउन, उपमेयरले दुव्र्यवहार गरेको आरोप

सारांश

  • जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरुले पेन डाउन गरेका छन् ।
  • उपमहानगरपालिकाका उपमेयर किशोरी साहले रक्सी खाएर कर्मचारीहरुलाई गाली गरेको भन्दै कर्मचारीहरुले मंगलबार (आज) पेन डाउन गरेका छन् ।
  • सोमबार (हिजो) घटस्थापनाको दिन प्रत्येक वर्ष झैं उपमहानगरपालिकाबाट कलश यात्रा निकालिएको थियो ।

७ असोज, जनकपुर ।

जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरुले पेन डाउन गरेका छन् । उपमहानगरपालिकाका उपमेयर किशोरी साहले रक्सी खाएर कर्मचारीहरुलाई गाली गरेको भन्दै कर्मचारीहरुले मंगलबार (आज) पेन डाउन गरेका छन् । सोमबार (हिजो) घटस्थापनाको दिन प्रत्येक वर्ष झैं उपमहानगरपालिकाबाट कलश यात्रा निकालिएको थियो ।

सो यात्राबाट फर्केर आएका महिला कर्मचारीसहित उपमहानगरपालिकका अन्य कर्मचारीहरु पालिका प्राङ्गनमा निर्माण गरिएको टेन्टमुनि आराम गरिरहेको बेला उपमेयर साहले आएर आफूलाई सम्मान नगरेको, आफ्नो आदेश नमान्ने गरेको भन्दै जथाभावी गालीगलोज गर्न थालेको भण्डारण महाशाखा प्रमुख गणेश यादवले जानकारी दिए । कर्मचारीहरूले विरोध जनाउँदा उपमेयर साहले झन् उग्र रुपमा कुर्सी उठाएर हिर्काउन खोजेको यादवले बताए । उपमेयर साहले मेयर मनोज कुमार साहलाई समेत गाली गरेको कर्मचारीहरुको आरोप छ । कर्मचारीहरुले उपमेयर किशोरी साहविरुद्ध सार्वजनिक अपराध मुद्दा दायर गर्ने निर्णय गरेको भण्डारण महाशाखा प्रमुख यादवले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता
संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता
पोखरा महानगरका इन्जिनियर डेढ लाख घुससहित पक्राउ
पोखरा महानगरका इन्जिनियर डेढ लाख घुससहित पक्राउ
अख्तियार र सीआइबीको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
अख्तियार र सीआइबीको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
इरानमा एकैदिन २९ जनालाई दिइयाे फाँसी
इरानमा एकैदिन २९ जनालाई दिइयाे फाँसी
विद्यालय शिक्षा विधेयकका प्रावधान पुनर्विचार गर्न राष्ट्रपति समक्ष नेशनल प्याब्सनको माग
विद्यालय शिक्षा विधेयकका प्रावधान पुनर्विचार गर्न राष्ट्रपति समक्ष नेशनल प्याब्सनको माग
अर्थमन्त्री पोडियममा उभिँदा रास्वपाले चर्कायो नाराबाजी
अर्थमन्त्री पोडियममा उभिँदा रास्वपाले चर्कायो नाराबाजी
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
जेनजी प्रतिनिधि यादवलाई मानवअधिकार आयोगले बयानमा बोलायो
जेनजी प्रतिनिधि यादवलाई मानवअधिकार आयोगले बयानमा बोलायो