चाडपर्वमा गुनासो सुन्न रौतहटमा नागरिक सहायता कक्ष संचालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
चाडपर्वमा गुनासो सुन्न रौतहटमा नागरिक सहायता कक्ष संचालन

सारांश

  • हिन्दुहरुको महान पर्व दशैं–तिहार तथा छठ पर्वलाई लक्षित गरेर यात्रुहरुका समस्या समाधानको लागि रौतहटमा नागरिक सहायता कक्ष संचालनमा ल्याइएको छ ।
  • जिल्ला प्रहरी कार्यलय र  ट्राफिक प्रहरी कार्यालय सयुक्त रूपमा चन्द्रनिगाहपुर , गरुडा, गौर लगायतका विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको हो।
  • चाडपर्वको समयमा यात्रुको सहज यात्रा, सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले  नागरिक सहायता कक्ष संचालनमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

६ असोज, रौतहट ।

हिन्दुहरुको महान पर्व दशैं–तिहार तथा छठ पर्वलाई लक्षित गरेर यात्रुहरुका समस्या समाधानको लागि रौतहटमा नागरिक सहायता कक्ष संचालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यलय र  ट्राफिक प्रहरी कार्यालय सयुक्त रूपमा चन्द्रनिगाहपुर , गरुडा, गौर लगायतका विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको हो। चाडपर्वको समयमा यात्रुको सहज यात्रा, सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले  नागरिक सहायता कक्ष संचालनमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले चाडपर्वको समयमा बिभिन्न तरीकाले यात्रीहरु ठगिने गरेको भन्दै त्यस्तो हुन नदीनको लागि रणनीति तयार गरेर नागरिक सहायता कक्ष स्थापना गरिएको बताए । उनका अनुसार यात्रीले यात्राका क्रममा कुनै पनि गुनासो गर्नुपर्ने भएमा तुरुन्त यो कक्षमा सम्पर्क राख्न सक्नुहुनेछ। यातायात व्यवसायीले यात्रीलाई बढी भाडा लिने, बढी यात्री र सामान राख्ने लगायतका गल्ती गरेको पाईएमा तुरुन्त कारबाही हुने उनले जानकारी दिए । चाडपर्वको बेलामा हुन सक्ने  सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्धेश्य पनि रहेको प्रहरी निरीक्षक अधिकारीले बताए । यो अवधिमा प्रहरीले ओभरलोड, मादक पदार्थ सेवन र नागरिकले राखेका समस्या तथा गुनासाहरु, नियमानुसार यात्रु ब्यवस्थापन लगायतका ट्राफिक नियमका क्षेत्रलाई कडा निगरानीका साथ कार्यन्वयन गरिने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक नेत्रमणि गिरीले चाडपर्व सुरक्षा योजना लागु गरिएको बताए । बडादशैं, तिहार, छठ पर्वलाई लक्षित गर्दै सीमा क्षेत्रबाट हुने अबैध ओसारपसार, अबैध मदिरा भठि तोडफोड, अपराधिक गतिविधि, लुटपाट, चोरी, झै झगडा, सवारी चेकजाँच लगायतका कार्यलाई तिव्रता दिएको उनको भनाई छ ।   नेपाल प्रहरीको मुलमन्त्र अनुसार कडाईका साथ पालना गर्न÷गराउने कार्यमा सक्रिय भएर लागि परेको उनले बताए । चाडपर्व सुरक्षा योजना अन्तर्गत पर्वमा व्यस्त सर्वसाधारणलाई कुनै किसिमको अवाञ्छित कार्य हुन नदिन जिल्ला प्रहरी कार्यालय सहितका हरेक युनिटहरु र मातहतका क्षेत्रमा गस्ती कार्य बढाईएको उनले जानकारी दिए । बडा दशैं सुरु भए संगै शहर तथा गाउका बजारमा चहलपहल देखिन थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोर्ड पदाधिकारीको बैठक सम्पन्न, एसईईको नतिजा केही बेरमा
बोर्ड पदाधिकारीको बैठक सम्पन्न, एसईईको नतिजा केही बेरमा
काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी
काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी
सालीको हत्याको आरोपमा भिनाजु पक्राउ
सालीको हत्याको आरोपमा भिनाजु पक्राउ
उज्यालो नेपाल पार्टीको भेटघाट कार्यक्रम स्थगित
उज्यालो नेपाल पार्टीको भेटघाट कार्यक्रम स्थगित
उडिरहेको विमानमा यात्रीले केबिनको ढोका खोल्ने प्रयास
उडिरहेको विमानमा यात्रीले केबिनको ढोका खोल्ने प्रयास
एनसेलविरुद्ध अमरेशको रिट न्यायाधीश राउतको इजलासमा, आज सुनुवाइ हुने निश्चित
एनसेलविरुद्ध अमरेशको रिट न्यायाधीश राउतको इजलासमा, आज सुनुवाइ हुने निश्चित
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध
सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध
नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह
नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह
इजरायली सैन्य आक्रमणमा १६ हजारभन्दा बढी बालबालिकाको मृ*त्यु
इजरायली सैन्य आक्रमणमा १६ हजारभन्दा बढी बालबालिकाको मृ*त्यु