Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नारायणगढ-मुग्लिन सडक आज दिउँसो २ घण्टा बन्द गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ६, २०८२
|
|
४७ पटक हेरिएको
Shares
नारायणगढ-मुग्लिन सडक आज दिउँसो २ घण्टा बन्द गरिने

सारांश

  • मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द गरिने भएको छ ।
  • तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि सडक बन्द गर्न लागिएको हो ।
  • आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर बाँकी पहिरो हटाइने सडक डिभिजन कार्यालय भरतपुर स्रोतले जनाएको छ ।

६ असोज, काठमाडौं ।

मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द गरिने भएको छ । तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि सडक बन्द गर्न लागिएको हो । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर बाँकी पहिरो हटाइने सडक डिभिजन कार्यालय भरतपुर स्रोतले जनाएको छ । तुइन खोला पुलनेर खसेको पहिरोका कारण गत शुक्रबारदेखि करिब ४० घण्टासम्म सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका थिए । आइतबार अपराह्न करिब साढे चार बजेतिर सडक एकतर्फी खुलाइएको थियो ।

राति यात्रा गर्दा जोखिम हुने भएकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म पुन: सडक बन्द गरिएको थियो । आज बिहानसम्म पनि तुइन खोला पुल नजिकै मात्र सडक एकतर्फी सञ्चालनमा छ भने अन्य स्थानमा दुईतर्फी गाडी चलिरहेका छन् । दशैं मनाउन घर फर्किने क्रम अब बढ्ने भएकाले बाँकी पहिरो पनि हटाएर दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी गरिएको हो । लामो समयसम्म सडक बन्द हुँदा सवारीसाधनको चाप छ । लेन अनुशासन समेत पालना नहुँदा ठाउँठाउँमा जाम हुने गरेको छ । ट्राफिक प्रहरीले र सडक डिभिजन कार्यालय भरतपुरले लेन अनुशासनमा रहेर सवारी चलाउनु सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको जिम्मेवारीमा डा. नवलकिशोर झा
मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको जिम्मेवारीमा डा. नवलकिशोर झा
आज बिस्का जात्राको दोस्रो दिन :भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै
आज बिस्का जात्राको दोस्रो दिन :भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै
आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन
आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन
बागलुङ बाढीपहिरो : मृ*तकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
बागलुङ बाढीपहिरो : मृ*तकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
रञ्जितालाई नाउपाको अध्यक्षबाट हटाउने प्रस्ताव पारित
रञ्जितालाई नाउपाको अध्यक्षबाट हटाउने प्रस्ताव पारित
हलेसी तुवाचुङका जनप्रतिनिधिद्वारा पर्यटन प्रवर्द्धनमा जोड
हलेसी तुवाचुङका जनप्रतिनिधिद्वारा पर्यटन प्रवर्द्धनमा जोड
स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
सिके राउतले हाले सम्बन्धविच्छेदको मुद्दा
सिके राउतले हाले सम्बन्धविच्छेदको मुद्दा