नेताहरूले शिर नउठाउन् भनेर शितलनिवास गएको हुँ, पानी समेत खाइनँ : सुदन गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ४, २०८२
|
|
१४७ पटक हेरिएको
Shares
नेताहरूले शिर नउठाउन् भनेर शितलनिवास गएको हुँ, पानी समेत खाइनँ : सुदन गुरुङ

सारांश

  • हामी नेपालका संयोजक सुदन गुरुङले पुराना नेताहरूले शिर नउठाउन् भनेर आफू राष्ट्रपति कार्यालयमा आयोजित चियापान तथ शुभकामना आदनप्रदान कार्यक्रममा गएको स्पष्टीकरण दिएका छन् ।
  • शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
  • शुक्रबार राष्ट्रपति निवास शीतलनिवासमा संविधान दिवसको अवसरमा परेर चियापान तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो ।

४ असोज, काठमाडौं ।

हामी नेपालका संयोजक सुदन गुरुङले पुराना नेताहरूले शिर नउठाउन् भनेर आफू राष्ट्रपति कार्यालयमा आयोजित चियापान तथ शुभकामना आदनप्रदान कार्यक्रममा गएको स्पष्टीकरण दिएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । शुक्रबार राष्ट्रपति निवास शीतलनिवासमा संविधान दिवसको अवसरमा परेर चियापान तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, निवर्तमान सांसदहरूदेखि नयाँ पुस्ताका अगुवाहरूसमेत उपस्थित थिए । पछिल्लो समय चर्चाको शिखरमा रहेका गुरुङ पनि त्यहाँ उपस्थित भएका थिए ।

आफू त्यहाँ पुगेपछि सञ्जालमा विभिन्न टिकाटिप्पणी भएको भन्दै उनले शनिबार भिडियो सन्देशमार्फत त्यसबारे बताएका हुन् । ‘सबैको दिमागमा प्रश्न आइरहेको छ, म त्यहाँ किन सेलिब्रेट गर्न गएको हो ? भनेर,’ गुरुङले भनेका छन्, ‘म सेलिब्रेट गर्न गएको होइन त्यहाँ । मलाई सेलिब्रेट गर्नु पनि छैन । म सुरुमा जाँदिन नै भनेको हुँ ।’ तर, पुराना नेताहरू पनि त्यहाँ आउने थाहा पाएको र त्यसपछि उनीहरू शिर उचालेर हिँड्छन् भन्ने भएपछि आफू त्यहाँ पुगेको गुरुङले बताएका हुन् । ‘नेताहरू सबै आउने भनेपछि यिनीहरू शिर उचालेर हिँड्छ भनेर म त्यहाँ गएको हो । म त्यहाँ एउटा नेतासँग बस्दा पनि बसिनँ । एउटै लेभलमा कुर्सीमा बस्दा पनि बसिनँ,’ गुरुङले भने, ‘उभिएर बसेँ, पानीमा रुझेर बसेँ । चिया खाउँ भनेर भनेको थियो, मैले चिया पनि खाइनँ । पानी खाऔं भन्दै थिए, म पानी खाँदिन भनेँ, अशुद्ध हुन्छु भनेर ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
लोकसेवाबाट एकै पटक ५ सय चिकित्सक ल्याउन क्याबिनेटबाट स्वीकृति लिएका छौं : स्वास्थ्यमन्त्री
लोकसेवाबाट एकै पटक ५ सय चिकित्सक ल्याउन क्याबिनेटबाट स्वीकृति लिएका छौं : स्वास्थ्यमन्त्री
तपस्वी दाबी गर्ने रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति ठहर
तपस्वी दाबी गर्ने रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति ठहर
शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै
शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर
सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक
सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक
हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृ*त्यु
हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृ*त्यु
मधेसमा खानेपानीको अभाव हुन नदिन युद्धस्तरमा काम हुन्छ: प्रधानमन्त्री ओली
मधेसमा खानेपानीको अभाव हुन नदिन युद्धस्तरमा काम हुन्छ: प्रधानमन्त्री ओली
राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन
राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन
जेन-जी प्रदर्शनका साढे दुई दर्जन घाइते अझै अस्पतालमा
जेन-जी प्रदर्शनका साढे दुई दर्जन घाइते अझै अस्पतालमा