एमाले रामेछापका नेता भन्छन् : सुशीला कार्कीलाई अमेरिकाले प्रधानमन्त्री बनायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
३८ पटक हेरिएको
Shares
एमाले रामेछापका नेता भन्छन् : सुशीला कार्कीलाई अमेरिकाले प्रधानमन्त्री बनायो

सारांश

  • नेकपा एमाले रामेछापले संविधान रक्षाको लागि ¥यालीसहित कार्यकर्ता भेला आयोजना गरेको छ ।
  • नेकपा एमाले रामेछापको आयोजनामा शुक्रबार मन्थलीमा ¥याली तथा अन्तरक्रिया गरिएको हो ।
  • राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा सहित प्लेकार्ड बोकेको जुलुसले मन्थली बजार परिक्रमा गरेको थियो ।

३ असोज, रामेछाप ।

नेकपा एमाले रामेछापले संविधान रक्षाको लागि ¥यालीसहित कार्यकर्ता भेला आयोजना गरेको छ । नेकपा एमाले रामेछापको आयोजनामा शुक्रबार मन्थलीमा ¥याली तथा अन्तरक्रिया गरिएको हो । राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा सहित प्लेकार्ड बोकेको जुलुसले मन्थली बजार परिक्रमा गरेको थियो ।

त्यसपछि आयोजना गरिएको कार्यकर्ता भेला पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षता तथा एमाले पोलिटब्युरो सदस्य एवं जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँको प्रमुख आतिथ्यतामा भएको थियो ।  कार्यक्रममा बोल्दै चौलागाईँले हामी नेपाल भन्ने ग्रुपले ह्याण्डिल गरेको प्लेटफर्म मार्फत अमेरिकाले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको दाबी गरे । अमेरिकाले सुनियोजित रूपमा नेपालको शासनसत्ता कब्जा गरेको चौलागाईँले बताए । कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले २३ गते बिहानको आन्दोलन जेनजीको आन्दोलन भएपनि २३ गते अपराह्नपछि आन्दोलन हाइज्याक भएको बताए ।

दुर्गा प्रसाईँले गाडी चढाउँदा समेत गोली नचलाउने प्रहरीले बालबालिकाको टाउकोमा गोली चलाउनै नसक्ने उनको दाबी छ । ढुङ्गेलले नेपाली सेना समेत सिंहदरबार, सितलनिबास लगायतका संरचना जोगाउने दायित्वबाट चुकेको बताए । २३ र २४ गतको घटनालाई एमालेले सामान्य ढङ्गले नछाड्ने उनको भनाई छ । यसको हिसाबकिताब एमालेले खोज्ने उनले बताए । पार्टी केन्द्रीय सदस्य गीता कार्कीले अहिले पार्टी र देशका लागि निक्कै सङ्कटको अवस्था आएको बताउँदै यो सङ्कटसँग जुध्न सबै एक भएर लाग्नुपर्ने बताइन् । कार्यक्रममा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले भदौ २३ र २४ गतेको जेनजीतको आन्दोलनमा नेपालमा अस्थिरता मच्चाउन चाहनेको घुसपैठ भएको बताउँदै सो घटनाको निष्पक्ष छानबिन गर्न माग गरे । उनले यस बिचमा भएका सबै घटनाको छानबिन र अनुसन्धान हुनुपर्ने बताउँदै त्यो छानबिन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीबाट नै सुरु गर्न माग गरे ।

कडरियाले राजनीतिक दलका नेताहरु पनि सच्चिनुपर्ने बताउँदै जेनजी आन्दोलनको नाममा युवा र विद्यार्थीलाई भड्काउने काम गरिएको दाबी गरे । विद्यालय पढ्ने बालबालिकालाई विद्यालय पोसाकमा नै जुलुसमा पठाएर दुरुपयोग गरिएको उनको आरोप छ । कार्यक्रमका सहभागीलाई स्वागत गर्दै पार्टी जिल्ला कमिटी उपाध्यक्ष होतराज ढकालले भुईँबाट कार्यकर्ताले उठाएका कुरा नेताहरूले केन्द्रीय नेतृत्वसम्म नपु¥याउने र आफ्नो अनकूल मात्र रिपोर्टिङ गर्दा अहिलेको अवस्था आएको भन्दै नेतृत्वलाई सचेत हुन आग्रह गरे । भेलाले भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै, पार्टी, राष्ट्र र राष्ट्रियताको पक्षमा एकताबद्ध भएर उभिने प्रतिबद्धता जाहेर गरेको नेकपा एमाले रामेछापका सचव प्रकाशकुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलायत पठाउने भन्दै ३७ लाख ठगी आरोपमा एक जना पक्राउ
बेलायत पठाउने भन्दै ३७ लाख ठगी आरोपमा एक जना पक्राउ
दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ
दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ
पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन
पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन
भौतिक मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्षः पुँजीगत खर्चमा अग्रस्थानमा
भौतिक मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्षः पुँजीगत खर्चमा अग्रस्थानमा
सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ 
सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ 
सुनको मूल्य आजपनि स्थिर
सुनको मूल्य आजपनि स्थिर
सुन्धारा कारागारबाट भागेकी जन्मकैद सजाय तोकिएकी महिला पक्राउ
सुन्धारा कारागारबाट भागेकी जन्मकैद सजाय तोकिएकी महिला पक्राउ
रेशमलाई थुनामुक्त गर्न अर्को पत्र पठाउँदै सर्वोच्च
रेशमलाई थुनामुक्त गर्न अर्को पत्र पठाउँदै सर्वोच्च
विद्यार्थीलाई नेपाली भाषामा कुरा गर्न दिन महानगरको परिपत्र
विद्यार्थीलाई नेपाली भाषामा कुरा गर्न दिन महानगरको परिपत्र
जोरपाटीबाट बरामद ९२ लाखको ‘सुन कनेक्सन’ खोज्दै प्रहरी
जोरपाटीबाट बरामद ९२ लाखको ‘सुन कनेक्सन’ खोज्दै प्रहरी