बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुदैछ कारोबार ?
३ असोज, काठमाडौं ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो । बिहीबार २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख १६ हजारमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । बिहीबार तोलाको दुई हजार पाँच सय २० रूपैयाँ किनबेच भएको चाँदी आज २ हजार ५ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment