भारतीय समकक्षी मोदीसँग कार्कीको २० मिनेट कुराकानी
२ असोज, काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुराकानी गरेकी छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्की मोदीसँग ‘भर्चुअल’ माध्यमबाट जोडिएकी थिइन्। उनीहरुबीच करिब २० मिनेट कुराकानी भएको प्रधानमन्त्री कार्यालयका अधिकारीले बताएका छन्। कुराकानीका क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीको पनि उपस्थिति थियो।

प्रधानमन्त्री भएपछि कार्कीको यो पहिलो विदेशी समकक्षीसँगको वार्ता हो। कुराकानीका क्रममा भारतीय समकक्षी मोदीले पछिल्लो समय उत्पन्न परिस्थितिमा शान्तिपूर्ण संक्रमण गर्न सफल भएको भन्दै कार्की नेतृत्वको सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए। नेपालको लोकतान्त्रिक प्रक्रिया र पुनर्निर्माणमा भारतको निरन्तर सहयोग रहने मोदीले बचन दिए।

Related posts:
राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठक सिंहदरबारमा, महत्वपूर्ण एजेण्डामाथि छलफल
नियमित उडान नभएको भन्दै जुम्लामा नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको अ...
एभरेस्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ



Post Comment