झापाका १२ पालिका जलेर खरानी, यस्तो छ जनप्रतिनिधिहरूको साझा धारणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३०, २०८२
|
|
३३ पटक हेरिएको
Shares
झापाका १२ पालिका जलेर खरानी, यस्तो छ जनप्रतिनिधिहरूको साझा धारणा

सारांश

  •    जेनजी समूहको हिंसात्मक आन्दोलनले झापामा ठूलो भौतिक क्षति भएको छ।
  •  भदौ २४ गते आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले जिल्लाका १२ वटा पालिका, वडा कार्यालयहरूसहित दर्जनौँ सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड गरी अरबौँको क्षति पुर्‍याएका छन्।
  • आगजनीले क्षति पुगेका स्थानीय तह र वडा कार्यालयहरू सहज रुपमा पुनः कसरी सञ्चालनमा ल्याउने भनी जिल्लाका पालिका (प्रमुख तथा उपप्रमुख), (अध्यक्ष तथा उपाध्यक्ष)हरुले एउटा साझा धारणा सार्वजनिक गरेको छ।

३० भदौ, झापा । 

 जेनजी समूहको हिंसात्मक आन्दोलनले झापामा ठूलो भौतिक क्षति भएको छ। भदौ २४ गते आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले जिल्लाका १२ वटा पालिका, वडा कार्यालयहरूसहित दर्जनौँ सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड गरी अरबौँको क्षति पुर्‍याएका छन्।

आगजनीले क्षति पुगेका स्थानीय तह र वडा कार्यालयहरू सहज रुपमा पुनः कसरी सञ्चालनमा ल्याउने भनी जिल्लाका पालिका (प्रमुख तथा उपप्रमुख), (अध्यक्ष तथा उपाध्यक्ष)हरुले एउटा साझा धारणा सार्वजनिक गरेको छ। जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वराज बरालको अध्यक्षतामा आइतबार बसेको बैठकमा सहभागिहरुले साझा धारणा सार्वजनिक गर्दै भदौ २४ गतेका दिन देशका विभिन्न स्थानमा भएको आन्दोलनका क्रममा युवा विद्यार्थी र राष्ट्रसेवक प्रहरी कर्मचारीको ज्यान गएको थियो। ‘यस दुःखद घटनाप्रति हामी झापा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरू शोक व्यक्त गर्छौं। मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै सबै घाइतेहरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

मृतकका परिवार र घाइतेहरूलाई उचित क्षतिपूर्ति राहत र उपचारको व्यवस्थाका लागी राज्यसँग जोडदार माग गर्दछौं।’  घुसपैठ भई गोली चलेको घटनाको सीसीटीभी फुटेज सार्वजनिक गरी निष्पक्ष छानबिनका लागि छानबिन आयोग गठन गर्न माग गर्ने निर्णय गरेको छ। त्यस्तै तोडफोड र आगजनी भएका पालिकाहरूमा ५ दिनभित्र प्रहरी मुचुल्का तयार गर्ने, शान्ति सुरक्षा सुनिश्चित गर्दै सेवा पुनः सञ्चालन गर्ने, घटना स्थलगत मुचुल्का तयार भएपछि पालिका सञ्चालन गर्ने, सार्वजनिक, निजी र संस्थागत विद्यालयहरू सञ्चालनमा ल्याउने, आगजनी र तोडफोडमा संलग्न व्यक्तिहरूको (फोटो र भिडियो) प्रहरी, प्रशासनलाई

उपलब्ध गराउने तथा लुटपाट, आगजनी र तोडफोड गर्न भड्काउने प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न हुने वा सहयोग गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही दायरमा ल्याउन माग गर्ने निर्णय भएको जनाइएको छ। यता साझा धारणा सार्वजनिक पश्चात् कतिपय पालिकाहरूले आज आ-आफ्नो पालिकामा बैठक बसी विभिन्न निर्णय गर्दै कामकाज अघि बढाइसकेको छ। जिल्लाका १५ पालिकामध्ये आगजनी हुनबाट हल्दिबारी गाउँपालिका, कमल गाउँपालिका र शिवसताक्षी नगरपालिका मात्रै जोगिएको छ। अरू सबै पालिका कामै नलाग्ने गरी जलेर खरानी बनेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको महाधिवेशन वैशाखमा नहुने
रास्वपाको महाधिवेशन वैशाखमा नहुने
माओवादी र एमालेको केन्द्रीय समितिको  बैठक आजदेखि
माओवादी र एमालेको केन्द्रीय समितिको बैठक आजदेखि
भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग
भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग
‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरू
‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरू
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
आजको मौसम: तापक्रम क्रमश घट्दो
आजको मौसम: तापक्रम क्रमश घट्दो
लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध
लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
कोलम्बिया भूकम्प : मृ*तकको संख्या १३२ पुग्यो, सयौं बेपत्ता
कोलम्बिया भूकम्प : मृ*तकको संख्या १३२ पुग्यो, सयौं बेपत्ता
कर्णालीका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिन्छ : मन्त्री यादव
कर्णालीका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिन्छ : मन्त्री यादव