अर्थ प्रशासनका विज्ञलाई अर्थमन्त्रीको जिम्मेवारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
५८ पटक हेरिएको
Shares
अर्थ प्रशासनका विज्ञलाई अर्थमन्त्रीको जिम्मेवारी

सारांश

  • पूर्वसचिव रामेश्वर खनालले अर्थ मन्त्रालयको बागडोर सम्हाल्ने भएका छन् ।
  • प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीन मन्त्रीको नाम टुंगो लगाएकी थिइन् ।
  • जसमध्ये खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन लागिएको बालुवाटार निकट स्रोतले बताएको छ ।

२९ भदौ, काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले अर्थ मन्त्रालयको बागडोर सम्हाल्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीन मन्त्रीको नाम टुंगो लगाएकी थिइन् । जसमध्ये खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन लागिएको बालुवाटार निकट स्रोतले बताएको छ । स्रोतका अनुसार, उनीहरूको शपथ भने सोमबार मात्रै हुनेछ । अर्थमन्त्री बन्न लागेका खनाल अर्थ प्रशासनका विज्ञ मानिन्छन् ।

को हुन् खनाल ?

आफ्नो सरकारी जीवनको अधिकांश समय अर्थ मन्त्रालयमा बिताएका खनालले १५ भदौ २०६५ देखि ३० चैत २०६७ सम्म अर्थ मन्त्रालयका सचिवको रुपमा काम गरेका थिए । त्यसअघि २३ साउन २०६३ देखि उनले मन्त्रालयको राजस्व सचिवका रुपमा काम गरेका थिए । सचिवका रुपमा खनालले डा. रामशरण महत, डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे तथा भरतमोहन अधिकारीलगायत मन्त्रीहरूसँग काम गरेका थिए । भरतमोहन अधिकारी मन्त्री भएका बखत बजेट निर्माणको काम मन्त्रालयबाहिर भइरहेको थाहा पाएपछि खनालले सचिवबाट राजीनामा दिएका थिए । मन्त्रालयको सहसचिव रहँदा खनालले बजेट तथा कार्यक्रम महाशाखा तथा वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुखलगायत जिम्मेवारी सम्हालेका थिए ।

अर्थ मन्त्रालयबाट निवृत्त भएपछि खनालले अध्ययन, अनुसन्धान, परामर्श, प्राध्यापनलगायतका भूमिका निर्वाह गरिरहेका छन् । उनले अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्ष भएर काम गरेका छन् । त्यस आयोगले हालै मात्रै प्रतिवेदन बुझाएकाले आफैंले प्रस्ताव गरेअनुरुप आर्थिक सुधारका काम अघि बढाउने सुविधा खनाललाई हुनेछ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा खनालले प्रधानमन्त्रीका आर्थिक सल्लाहकारको भूमिका समेत निर्वाह गरेका थिए । खनालले डा. भट्टराईले गठन गरेको नयाँ शक्ति पार्टीको आर्थिक विभाग प्रमुख भएर केही समय राजनीति पनि गरे । त्यसअघि उनी नेपाली कांग्रेसमा प्रवेश गरी राजनीतिमा थालेका थिए ।

खनालले राष्ट्रपति चुरे संरक्षण विकास समितिको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । आर्थिक नीतिमा सुधार, सार्वजनिक वित्त व्यवस्थापन तथा बजेट, कर नीति र वैदेशिक सहायता व्यवस्थापनलगायत क्षेत्रमा खनालको विशेष दख्खल छ । उनलाई वौद्धिक, इमानदार र निस्वार्थ रूपमा शासन–प्रशासनमा काम गर्ने टेक्नोट्रयाटका रुपमा लिने गरिन्छ । खनालले काठमाडौं विश्वविद्यालयलगायतमा अध्यापन गराएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए तथा एमकम) गरेका छन् भने भारतबाट एसीएमए उपाधि हासिल गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक
ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
गृहमन्त्री अर्याल र भारतीय अतिरिक्त सचिव महावरबीच शिष्टाचार भेट
गृहमन्त्री अर्याल र भारतीय अतिरिक्त सचिव महावरबीच शिष्टाचार भेट
सिन्धुलीमा विद्युतीय गाडी दुर्घटना हुँदा ८ जना घाइते
सिन्धुलीमा विद्युतीय गाडी दुर्घटना हुँदा ८ जना घाइते
चिसो घटेसँगै मुस्ताङ पर्यटन पुनः जागृत,मुक्तिनाथ केन्द्रमा चहलपहल
चिसो घटेसँगै मुस्ताङ पर्यटन पुनः जागृत,मुक्तिनाथ केन्द्रमा चहलपहल
पहिलो ओभरमै लुम्बिनीले दोस्रो विकेट पनि गुमायो
पहिलो ओभरमै लुम्बिनीले दोस्रो विकेट पनि गुमायो
सात दिनभित्र जग्गाको भाडा नरिते भौतिक संरचना जफत गर्ने खड्का ल्यान्ड प्रालीलाई स्काउटको चेतावनी
सात दिनभित्र जग्गाको भाडा नरिते भौतिक संरचना जफत गर्ने खड्का ल्यान्ड प्रालीलाई स्काउटको चेतावनी
राजावादीहरुको प्रदर्शनमा मृ*त्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर
राजावादीहरुको प्रदर्शनमा मृ*त्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर
कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको दुवै ढोका खोलियो सर्लाही सम्मको बस्ती खतरा मा
कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको दुवै ढोका खोलियो सर्लाही सम्मको बस्ती खतरा मा