वाणिज्य बैंक लुट्ने समूहले फालेको ५ लाख रुपैयाँ एक युवकले प्रहरीलाई बुझाए
सारांश
- जेनजी आन्दोलनको क्रममा नयँ बानेश्वरस्थित वाणिज्य बैंक लुट्ने समूहले फालेको ५ लाख रुपैयाँ एक युवकले प्रहरीलाई बुझाएका छन् ।
- ललितपुर घर भएका सुरेश देउलाले ५ लाख १० लाख ५ सय रुपैयाँ जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका हुन् ।
- परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार देउलाले बैंक लुटेको बेला भिडियो खिचेका थिए ।
२९ भदौ, काठमाडौं ।
जेनजी आन्दोलनको क्रममा नयँ बानेश्वरस्थित वाणिज्य बैंक लुट्ने समूहले फालेको ५ लाख रुपैयाँ एक युवकले प्रहरीलाई बुझाएका छन् ।ललितपुर घर भएका सुरेश देउलाले ५ लाख १० लाख ५ सय रुपैयाँ जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका हुन् ।

परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार देउलाले बैंक लुटेको बेला भिडियो खिचेका थिए । लुटेरा समूहले त्यो देखेपछि ‘तैंले यही खोजेको हो, ला !’ भन्दै पैसाको बिटो फालेका थिए । अहिले त्यही रकम आफू बुझाएको देउलाले प्रहरीसमक्ष बताएका छन् । योे बैंक लुट्ने पाँच जनालाई सेनाले पक्राउ गरेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया