नरेशले प्राण त्याग्नुअघि नाम लिएका ४ जना प्रहरीको नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
३६ पटक हेरिएको
Shares
नरेशले प्राण त्याग्नुअघि नाम लिएका ४ जना प्रहरीको नियन्त्रणमा

सारांश

  •   कञ्चनपुरमा एक युवकले आफूलाई जेनजी भनेर कुटपिट गरिएको भन्दै प्राण त्याग्नुअघि नाम लिएका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहरा अनुसार, पक्राउ पर्नेमा खेम बोहरा, अमर बोहरा, जनक धानुक र भोजराज पन्त छन्।
  • उनीहरू अहिले प्रहरी नियन्त्रणमा रहेको र आत्महत्या दुरूत्साहनको अभियोगमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको डीएसपी बोहराले जानकारी नेपालखबरलाई जानकारी दिए।

२९ भदौ, काठमाडौं । 

कञ्चनपुरमा एक युवकले आफूलाई जेनजी भनेर कुटपिट गरिएको भन्दै प्राण त्याग्नुअघि नाम लिएका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहरा अनुसार, पक्राउ पर्नेमा खेम बोहरा, अमर बोहरा, जनक धानुक र भोजराज पन्त छन्। उनीहरू अहिले प्रहरी नियन्त्रणमा रहेको र आत्महत्या दुरूत्साहनको अभियोगमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको डीएसपी बोहराले जानकारी नेपालखबरलाई जानकारी दिए।

शनिबार कञ्चनपुरको वेदकोट नगरपालिका-४, बैतडा २५ वर्षीय नरेश धानुकले सामाजिक सञ्जालमा लाइभ गर्दै प्राण त्यागेका थिए। आत्महत्या गर्नुअघि उनले आफूलाई जेनजी भन्दै नांगै पारेर कुटपिट गरिएको दाबी गरेका थिए। केही व्यक्तिको नाम लिँदै आत्महत्या गर्न बाध्य भएको उनले बताएका थिए। मलाई सोसल अत्याचार भयो। म मर्दै छु। सोसल अत्याचारकै कारणले म फाँसी दिन गइरहेको छु,’ उनले आत्महत्याअघि भनेका छन्, ‘कांग्रेसको व्यक्तिले मलाई कुटपिट गर्‍यो। मलाई नांगै बनाएर दौडायो, गाइज।’

मृतककी दिदी हिरा धानुक रावलले पनि राति साढे १० बजेतिर जेनजी भन्दै रक्सी पिलाएर कुटपिट गर्दै आत्महत्या गर्न बाध्य बनाइएको दाबी गरेकी छन्। ‘सुरुमा दारु (रक्सी) पिलाएका रहेछन्। त्यसपछि नांगो बनाएर कुटपिट गरे। त्यसरी अपमानपछि उसलाई घरमा गएर आत्महत्या गर्न बाध्य पारियो,’ उनले भनिन्, ‘मर्ने थिएन, मलाई मर्न बाध्य बनायो भनेर उनीहरूको नाम लिएको छ।’ पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा ४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऊर्जामन्त्री खड्काले गरे शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
ऊर्जामन्त्री खड्काले गरे शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
सुन तस्करी प्रकरणमा पक्राउ परेका महराको बयान सकियो, हाजिर जमानीमा छाडिँदै!
सुन तस्करी प्रकरणमा पक्राउ परेका महराको बयान सकियो, हाजिर जमानीमा छाडिँदै!
आज यी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
आज यी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
भैरहवाको मौसम खुलेन, भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाँदै रवि
भैरहवाको मौसम खुलेन, भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाँदै रवि
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
न्युयोर्कमा प्रधानमन्त्री ओली र फिनल्यान्डका राष्ट्रपति स्टबबीच भेटवार्ता
न्युयोर्कमा प्रधानमन्त्री ओली र फिनल्यान्डका राष्ट्रपति स्टबबीच भेटवार्ता
गृहमन्त्रीद्वारा तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन
गृहमन्त्रीद्वारा तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९१ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९१ जनालाई कारबाही
आज कुन देशको मुद्राको विनिमयदर कति?
आज कुन देशको मुद्राको विनिमयदर कति?