गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २६, २०८२
|
|
२८ पटक हेरिएको
Shares
गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं

सारांश

  •   स्थानीय तहका तीन प्रतिनिधिमूलक संस्थाले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हुने भन्दै संविधानसम्मत र विधि प्रणालीका आधारमा मुलुकलाई निकास दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गरेका छन् ।
  • गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवि पाण्डे, नेपाल नगरपालिका संघ अध्यक्ष भीमप्रसाद ढुंगाना र जिल्ला समन्वय समिति (जीसस) महासंघ उपमहासचिव दीपक गौतमले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।
  • उनीहरूले भनेका छन्, ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै भएकाले मुलुकमा उत्पन्न राजनीतिक अन्यौल अन्त्य गर्दै नागरिकको शान्तिपूर्ण जीवनयापनको अधिकारको रक्षा गर्न, नेपालको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रताको संरक्षणका लागि संविधानसम्मत र विधि प्रणालीका आधारमा मात्र मुलुकलाई निकास दिन राष्ट्रपति समक्ष हार्दिक आग्रह गर्दछौं ।

२६ भदौ, काठमाडौं । 

स्थानीय तहका तीन प्रतिनिधिमूलक संस्थाले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हुने भन्दै संविधानसम्मत र विधि प्रणालीका आधारमा मुलुकलाई निकास दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवि पाण्डे, नेपाल नगरपालिका संघ अध्यक्ष भीमप्रसाद ढुंगाना र जिल्ला समन्वय समिति (जीसस) महासंघ उपमहासचिव दीपक गौतमले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

उनीहरूले भनेका छन्, ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै भएकाले मुलुकमा उत्पन्न राजनीतिक अन्यौल अन्त्य गर्दै नागरिकको शान्तिपूर्ण जीवनयापनको अधिकारको रक्षा गर्न, नेपालको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रताको संरक्षणका लागि संविधानसम्मत र विधि प्रणालीका आधारमा मात्र मुलुकलाई निकास दिन राष्ट्रपति समक्ष हार्दिक आग्रह गर्दछौं ।’

स्थानीय सरकारका प्रशासकीय भवन र सवारीसाधनमा क्षति गरिएको तर्फ उनीहरूले आपत्ति जनाएका छन्, अहिले पनि नागरिक र जनप्रतिनिधिको निजी सम्पत्ति र उद्योग–व्यवसायमा क्षति गर्नुका साथै जनप्रतिनिधिलाई राजीनामा दिन ज्ञात–अज्ञात व्यक्ति र समूहबाट धम्की आउने गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय सरकारका सम्पत्ति तथा दस्तावेजको सुरक्षाको प्रत्याभूति दिलाउँदै निर्वाध सेवा प्रवाह गर्ने वातावरण बनाउन राष्ट्रपति र सुरक्षा निकाय समक्ष आग्रह समेत गरिएको छ । उनीहरूले सार्वजनिक सम्पत्ति संरक्षण र सम्बर्द्धन गर्दै उच्च मनोबल साथ सेवा प्रवाह नियमित गर्न स्थानीय सरकारका सबै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई आह्वान समेत गरेका छन् ।

जेनजी आन्दोलन मार्फत भ्रष्टाचार अन्त्य, मुलुकमा सुशासन प्रत्याभूति तथा युवाको शासन सहभागिता जस्ता जायज मागमा भने समर्थन जनाउने उनीहरूको भनाइ छ । तर, आन्दोलनका आडमा भएको अवान्छित घुसपैठका कारण उत्पन्न अराजक अवस्थाबाट ऐतिहासिक धरोहर र संरचना, महत्त्वपूर्ण दस्तावेज लगायत सरकारी कार्यालय र निवासमा भएको आगजनी, तोडफोड र जनप्रतिनिधिमाथिको अमानवीय व्यवहारप्रति भने खेद व्यक्त गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानमा हालै गएको भूकम्प अर्को विनाशकारी भूकम्पको सङ्केत हो ?
जापानमा हालै गएको भूकम्प अर्को विनाशकारी भूकम्पको सङ्केत हो ?
प्रधान सेनापति शर्मा तथा बेलायती सेना प्रमुखबिच भेटवार्ता
प्रधान सेनापति शर्मा तथा बेलायती सेना प्रमुखबिच भेटवार्ता
झापाका तीन स्थानमा तीन जना मृ*त फेला
झापाका तीन स्थानमा तीन जना मृ*त फेला
सात दिनभित्र जग्गाको भाडा नरिते भौतिक संरचना जफत गर्ने खड्का ल्यान्ड प्रालीलाई स्काउटको चेतावनी
सात दिनभित्र जग्गाको भाडा नरिते भौतिक संरचना जफत गर्ने खड्का ल्यान्ड प्रालीलाई स्काउटको चेतावनी
बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, ६  जना घाइते
बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, ६ जना घाइते
राष्ट्रपतिले गर्ने दुबै सदनको संयुक्त बैठकको सम्वोधन स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
राष्ट्रपतिले गर्ने दुबै सदनको संयुक्त बैठकको सम्वोधन स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
घरायसी विवादमा श्रीमतीको ह*त्या, श्रीमान् पक्राउ
घरायसी विवादमा श्रीमतीको ह*त्या, श्रीमान् पक्राउ
राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा
राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा
जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा २० हजार घुससहित पक्राउ
जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा २० हजार घुससहित पक्राउ