नेपाली सेनाले बरामद ३३ लाख ७० हजार रुपैया,र लुटिएको हतियार
२५ भदौ, काठमाडौं ।
नेपाली सेनाले विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्नलाई पक्राउसँगै लुटपाट भएका सामान जफत गरेको छ ।
नेपाली सेनाका अनुसार काठमाडौँको गौशाला,चाबहिल,बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार नगद बरामद गरेको छ ।
यस्तै काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरेको छ । साथै २३ जना घाईते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार भैरहेको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment