वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल
२४ भदौ, काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई वार्तामा आउन अपिल गरेका छन् । मंगलबार साँझ एक अपिल जारी गर्दै लोकतन्त्रमा नागरिकाका माग जेन जीका प्रतिनिधिसमेत बसी पूरा गर्न सकिने भएकाले वार्तामा आउन सबै पक्षलाई उनले आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले प्रधानन्त्रीको राजीनामा स्वीकृति भइसकेको भन्दै यो विषम परिस्थितिमा मुलुक र लोकतन्त्रलाई माया गर्ने सबैले समस्या समाधानका लागि सहयोग गर्ने अपेक्षा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment