बालेनले फेरि भने- देश तपाईंहरूकै हातमा हो, अब घर फर्किनुस्
२४ भदौ, काठमाडौं।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताका प्रदर्शनकारीलाई खर फर्कन पुन: अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले अब देश नयाँ पुस्ताको हातमा आइसकेको भन्दै अब हुने क्षति सबैको हुने बताएका छन्।

‘देश तपाईंहरुकै हातमा हो। तपाईंहरुले नै बनाउने हो,’ अपिलमा बालेनले भनेका छन्, ‘अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो। अब घर फर्किनुहोस्।’ यसअघि डा. सन्दुक रुइतलगायत विशिष्ट पेशाकर्मी तथा नागरिक अगुवाहरुले पनि आन्दोलनसामु सरकारले घुँडा टेकिसकेकाले आन्दोलन रोक्न अपिल गरेका थिए।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment