संसदका महासचिव गौतमको राजीनामा स्वीकृत
२७ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत गरेका छन् ।
गौतमले २४ मंसिरदेखि लागू हुने गरी दिएको राजीनामा राष्ट्रपति पौडेलले बुधबार स्वीकृत गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । गौतमले राजीनामा दिएपछि सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1