जापानका प्रधानमन्त्री इशिबाले राजीनामा दिदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २२, २०८२
|
|
२६ पटक हेरिएको
Shares
जापानका प्रधानमन्त्री इशिबाले राजीनामा दिदै

सारांश

  •     जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा दिने निर्णय गरेका छन् ।
  • जापानी मिडियाका अनुसार सत्तारुढ लिबरल डेमोक्रेटिक (एलडिपी) पार्टी भित्र विभाजन हुनबाट जोगिन इशिबाले यो कदम चालेको बताइएको छ ।
  • उनको गठबन्धन सरकारले जुलाईमा भएको माथिल्लो सदन (हाउस अफ काउन्सिलर) को चुनाव हारेको थियो ।

२२ भदौ, काठमाडौं ।   

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा दिने निर्णय गरेका छन् । जापानी मिडियाका अनुसार सत्तारुढ लिबरल डेमोक्रेटिक (एलडिपी) पार्टी भित्र विभाजन हुनबाट जोगिन इशिबाले यो कदम चालेको बताइएको छ । उनको गठबन्धन सरकारले जुलाईमा भएको माथिल्लो सदन (हाउस अफ काउन्सिलर) को चुनाव हारेको थियो ।

इशिबाले हालै यसको लागि माफी मागेका छन् र राजीनामा दिने निर्णय गर्ने बताएका छन् । इशिबाको नेतृत्वमा रहेको एलडिपी-कोमेइटो गठबन्धनले जुलाई २०२५ मा भएको चुनावमा लज्जास्पद हार बेहोर्नुपरेको थियो । गठबन्धनले ५० सिटको लक्ष्य राखेको थियो, तर ४७ सिट मात्र जित्न सकेको थियो, जसका कारण उनको सरकारले दुवै सदनमा बहुमत गुमाएको थियो । यो जापानी राजनीतिमा ऐतिहासिक धक्का थियो ।

चुनावी हारपछि, एलडीपी भित्र इशिबा हटाउने अभियान चलेको थियो । केही पार्टी नेता र सांसदहरूले उनको नेतृत्वमाथि प्रश्न उठाउदै उनलाई हटाउने अभियान चलाएका थिए, जसले उनको स्थिति कमजोर बनायो । इशिबाले पार्टीमा एकता कायम राख्न राजीनामा दिने निर्णय गरेको मिडिया रिपोर्टमा उल्लेख छ । इशिबाले हालै अमेरिकासँग व्यापार सम्झौता गरेका छन् जसले जापानी अटोमोबाइलमा लाग्ने कर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत बनाएको छ । यो सम्झौतालाई लगानीकर्ताहरूले स्वागत गरेका थिए , तर यसले उनलाई आफ्नो पद जोगाउन भने सकेन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय समिति बैठक सुरु
कांग्रेस केन्द्रीय समिति बैठक सुरु
कैलालीको गौरीगंगामा आगलागी हुँदा एक जनाको मृ*त्यु
कैलालीको गौरीगंगामा आगलागी हुँदा एक जनाको मृ*त्यु
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ
गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रविले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन
गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रविले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन
उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु
उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु
रास्वपा समर्थक भन्छन् : सोचेभन्दा फरक परिणाम आइरहेको छ
रास्वपा समर्थक भन्छन् : सोचेभन्दा फरक परिणाम आइरहेको छ
हमासद्वारा विपीनसहित चार बन्धकको श*व फिर्ता
हमासद्वारा विपीनसहित चार बन्धकको श*व फिर्ता
राज्य व्यवस्था समिति सभापतिका लागि आज मनोनयन दर्ता
राज्य व्यवस्था समिति सभापतिका लागि आज मनोनयन दर्ता
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
राष्ट्रिय मुक्ति पार्टीद्वारा जेनजी आन्दोलनमा सहादत प्राप्तप्रति श्रद्धाञ्जली
राष्ट्रिय मुक्ति पार्टीद्वारा जेनजी आन्दोलनमा सहादत प्राप्तप्रति श्रद्धाञ्जली