२६ भाद्र २०८२, बिहीबार

न्याय परिषद्ले गर्‍यो ६ जना जिल्ला न्यायाधीश सिफारिस

१७ भदौ, काठमाडौँ ।

न्याय परिषद्ले ६ जना जिल्ला न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा मंगलबार बसेको न्याय परिषद् बैठकले ६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । जिल्ला सरकारी वकिल कार्यालयबाट गोकुलबहादुर निरौलालाई कैलाली जिल्ला अदालत,उपरजिष्ट्रार अरुणकुमार कोइरालालाई डडेलधुरा जिल्ला अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरिएको छ ।

त्यस्तै श्रेस्तेदार कुलप्रसाद दाहाललाई कालिकोट जिल्ला अदालत, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारीलाई कञ्चनपुर जिल्ला अदालत, सर्वोच्चका उपरजिष्ट्रार अनुपमा पन्तलाई धनुषा जिल्ला अदालत र कानुन मन्त्रालयका उपसचिव विश्वदिप वेस्रालाई रौतहट जिल्ला अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment