सिन्धुलीमा सवारी दुर्घटनाः एक युकको मृत्यु, एक गम्भीर

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १७, २०८२
|
|
३६ पटक हेरिएको
Shares
सिन्धुलीमा सवारी दुर्घटनाः एक युकको मृत्यु, एक गम्भीर

सारांश

  • सिन्धुलीको कमलामाई नगरपालिका–९ नयाँबस्ती नजिकै मंगलबार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
  • दिउँसो २ बजेतिर बर्दीबासबाट कटारीतर्फ जाँदै गरेको ग २ ख ११४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा १६ प ७३३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको सिन्धुली प्रहरीले जनाएको छ।
  • दुर्घटनामा काभ्रे भुल्लु गाउँपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–७ बस्ने १८ वर्षीय शौगात माझीको मृत्यु भएको हो।

१७ भदौ, सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिका–९ नयाँबस्ती नजिकै मंगलबार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। दिउँसो २ बजेतिर बर्दीबासबाट कटारीतर्फ जाँदै गरेको ग २ ख ११४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा १६ प ७३३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको सिन्धुली प्रहरीले जनाएको छ।

दुर्घटनामा काभ्रे भुल्लु गाउँपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–७ बस्ने १८ वर्षीय शौगात माझीको मृत्यु भएको हो। टाउको र छातीमा गम्भीर चोट लागेका माझीलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्‍याइएको थियो। अस्पतालमा पुग्नेवित्तिकै चिकित्सकले उनलाई दिउँसो २ः३० बजे मृत घोषणा गरेका थिए।

मोटरसाइकलमा पछाडि सवार भारत बिहारको मोतिहारी घर भई हाल काठमाडौं महानगरपालिका–७ बस्ने १८ वर्षीय सागर आलम गम्भीर घाइते छन्। उनको सिन्धुली जिल्ला अस्पतालमै उपचार भइरहेको छ। दुवै सवारी साधन र बस चालकलाई इलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने
एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने
भुटानमाथि नेपालको सानदार जित
भुटानमाथि नेपालको सानदार जित
आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने सम्भावना
रास्वपा प्रवक्ता झाले भने, आधा घण्टापछि प्रहरीसँग सडकमार्ग भएर सभापति पोखरा जानुहुन्छ
रास्वपा प्रवक्ता झाले भने, आधा घण्टापछि प्रहरीसँग सडकमार्ग भएर सभापति पोखरा जानुहुन्छ
बीपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारी साधन चलाउन रोक
बीपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारी साधन चलाउन रोक
आज बडादशैंको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै
आज बडादशैंको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै
बजेटको बिरोधमा कांग्रेसकै सांसद, बाल्कोनीमा पुगेर उभिए
बजेटको बिरोधमा कांग्रेसकै सांसद, बाल्कोनीमा पुगेर उभिए
विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने
विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित