आफ्नो प्रस्ताव विपक्षीले नमानेपछि बैठक छोडेर हिँडिन् सामान्य प्रशासन मन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १६, २०८२
|
|
१५१ पटक हेरिएको
Shares
आफ्नो प्रस्ताव विपक्षीले नमानेपछि बैठक छोडेर हिँडिन् सामान्य प्रशासन मन्त्री

सारांश

  • संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने आफ्नो प्रस्ताव पास हुने अवस्था नदेखेपछि राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समिति बैठक छोडेर हिँडेकी छन् ।
  • मन्त्री न्यौपाने सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा जारी विधायन व्यवस्थापन समिति बैठक छोडेर हिँडेकी हुन् ।
  • निजामती कर्मचारीको अवकाश उमेरहद लागु गर्ने विषयमा कुरा मिलेको छैन ।

१६ भदौ, काठमाडौँ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने आफ्नो प्रस्ताव पास हुने अवस्था नदेखेपछि राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समिति बैठक छोडेर हिँडेकी छन् । मन्त्री न्यौपाने सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा जारी विधायन व्यवस्थापन समिति बैठक छोडेर हिँडेकी हुन् । निजामती कर्मचारीको अवकाश उमेरहद लागु गर्ने विषयमा कुरा मिलेको छैन । मुख्यसचिवको अनिवार्य अवकाशको समय प्रतिनिधिसभाले पारित गरेभन्दा फरक गरेर जानुपर्ने उनले प्रस्ताव गरेकी थिइन् ।

उनको प्रस्तावलाई सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र सत्तारुढ दल नेपाली कांग्रेसले समर्थन जनाए तर विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन नगरेपछि मन्त्री न्यौपाने बैठक छोडेर बाहिरिएकी हुन् । समिति सभापति तुलसीकुमारी दाहालले मन्त्री न्यौपाने समय मागेर समिति बैठकबाट बाहिरिएको जानकारी दिइन् । प्रतिनिधि सभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष (५८ वर्ष) मा मुख्यसचिव अवकाश हुने, अर्को वर्ष ५९ र त्यसपछि ६० वर्षमा अवकाशको उमेरहद लागू हुने प्रावधान पास गरेर पठाएको छ ।

त्यसविपरीत मन्त्री न्यौपानेले आइतबारको समिति बैठकमा विधेयक ऐनमा रुपान्तरित भएको ५९ वर्षमा अवकाश हुने प्रावधान लागु गर्ने प्रस्ताव राखेकी थिइन् । त्यो प्रस्ताव माओवादी र एकीकृत समाजवादीले मानिरहेका छैनन् । ‘मन्त्रीले समय माग्नुभयो र मैले नाइँ भन्न सकिनँ,’ सभापति दाहालले भनिन्, ‘कि मन्त्रालयले आफ्नो कुरा छोड्नुपर्‍यो कि माननीयहरूले सरकारको प्रस्ताव मान्नुपर्‍यो ।’

मन्त्री न्यौपाने बाहिरिए पनि सांसदहरू भने बैठकमै छन् । उनीहरूले आजै निर्णय गरेर अघि बढ्नुपर्ने बताइरहेका छन् । माओवादी केन्द्रका सांसद झक्कुप्रसाद सुवेदीले प्रतिनिधिसभाले पास गरेको विषय उल्ट्याउन आवश्यक नरहेको बताए । ‘सर्वसम्मत निर्णय उल्ट्याउन सरकार प्रस्ताव लिएर आउने र आफुले भने अनुसार नभए छोडेर हिँड्ने कुरा गलत छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, आन्दोलनरत चिकित्सकका मागबारे छलफल हुने
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, आन्दोलनरत चिकित्सकका मागबारे छलफल हुने
रोल्पाबाट प्रचण्ड र वर्षमान उम्मेदवार सिफारिस, समानुपातिकतर्फ महरा
रोल्पाबाट प्रचण्ड र वर्षमान उम्मेदवार सिफारिस, समानुपातिकतर्फ महरा
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन
सत्तारुढ दलका सांसद बोल्न सुरु गर्ने बित्तिकै संसद्‍बाट बाहिरिए रास्वपा सांसद
सत्तारुढ दलका सांसद बोल्न सुरु गर्ने बित्तिकै संसद्‍बाट बाहिरिए रास्वपा सांसद
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल
संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल
स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च बनाएको छ : प्रधानमन्त्री
स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च बनाएको छ : प्रधानमन्त्री
‘हमासले सात इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्‍यो’
‘हमासले सात इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्‍यो’
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
कांग्रेस सभापति देउवा डडेल्धुराबाट सर्वसम्मत एकल सिफारिस
कांग्रेस सभापति देउवा डडेल्धुराबाट सर्वसम्मत एकल सिफारिस