एमाले केन्द्रीय कमिटी बैठक स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १०, २०८२
|
|
६८ पटक हेरिएको
Shares
एमाले केन्द्रीय कमिटी बैठक स्थगित

सारांश

  • नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ ।
  • विधान महाधिवेशनमा लैजाने प्रस्तावहरुमाथि छलफल गर्ने प्रयोजनका लागि १३ भदौमा बैठक तोकिएको थियो ।
  • तर अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको छ ।

१० भदौं, काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । विधान महाधिवेशनमा लैजाने प्रस्तावहरुमाथि छलफल गर्ने प्रयोजनका लागि १३ भदौमा बैठक तोकिएको थियो । तर अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान संशोधन मस्यौदा माथि आएको सुझावहरु मिलाउनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।

आजसम्म सुझावहरु पठाउने डेडलाइन नै छ । ती सुझावहरुलाई मिलाउन समय लाग्ने भयो’, उनी भन्छन्। एमालेको दोस्रो विधान महाधिवेशन २०–२२ भदौमा तोकिएको छ । उक्त महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन मस्यौदा पछाइकै लागि समय लाग्ने भनेर १३ भदौमा बैठक बोलाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?