Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते तोकियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ९, २०८२
|
|
५२ पटक हेरिएको
Shares
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते तोकियो

सारांश

  • प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ।
  • सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् ।
  • निर्वाचनको मिति तय गर्नुअघि सभामुख घिमिरेले आइतबार दिनभर राजनीतिक दलसँग छलफल गरेका थिए ।

९ भदौ, काठमाडौं ।

प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ। सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् । निर्वाचनको मिति तय गर्नुअघि सभामुख घिमिरेले आइतबार दिनभर राजनीतिक दलसँग छलफल गरेका थिए । राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडको गडबडीमा यसअघिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए । राज्य व्यवस्था समिति नेतृत्वबीहिन हुँदा समितिमा रहेका विधेयक भने अड्किएका छन् । समिति सचिवालयका अनुसार चार वटा विधेयक दफावार छलफलमा छ । नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल विधेयक, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक समितिमा रहेको छ ।

यसका अलावा ७२ भन्दा धेरै उजुरी समितिमा रहेका छन् । राज्य व्यवस्था समितिको बैठक बस्न नसकेको भने दुई महिना हुन लागिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही
मकवानपुरबाट अफिम र गाँजासहित चारजना पक्राउ
मकवानपुरबाट अफिम र गाँजासहित चारजना पक्राउ
एमाले धनुषा अधिवेशनमा विवाद, दुई गुटबीच कुर्सी हानाहान
एमाले धनुषा अधिवेशनमा विवाद, दुई गुटबीच कुर्सी हानाहान
नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
महिला टी–२० क्रिकेट : नेपाल र मलेसिया भिड्दै
महिला टी–२० क्रिकेट : नेपाल र मलेसिया भिड्दै
धवलशमशेर बने संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक
धवलशमशेर बने संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक
भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो
भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर
सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह
सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह