राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते तोकियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ९, २०८२
|
|
३९ पटक हेरिएको
Shares
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते तोकियो

सारांश

  • प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ।
  • सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् ।
  • निर्वाचनको मिति तय गर्नुअघि सभामुख घिमिरेले आइतबार दिनभर राजनीतिक दलसँग छलफल गरेका थिए ।

९ भदौ, काठमाडौं ।

प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ। सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् । निर्वाचनको मिति तय गर्नुअघि सभामुख घिमिरेले आइतबार दिनभर राजनीतिक दलसँग छलफल गरेका थिए । राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडको गडबडीमा यसअघिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए । राज्य व्यवस्था समिति नेतृत्वबीहिन हुँदा समितिमा रहेका विधेयक भने अड्किएका छन् । समिति सचिवालयका अनुसार चार वटा विधेयक दफावार छलफलमा छ । नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल विधेयक, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक समितिमा रहेको छ ।

यसका अलावा ७२ भन्दा धेरै उजुरी समितिमा रहेका छन् । राज्य व्यवस्था समितिको बैठक बस्न नसकेको भने दुई महिना हुन लागिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ भ्यु टावरको ‘निर्माण साझेदार’ नरेश चेङवाङ पक्राउ
काठमाडौँ भ्यु टावरको ‘निर्माण साझेदार’ नरेश चेङवाङ पक्राउ
नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच जना पक्राउ
नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच जना पक्राउ
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
बालेनले हर्कलाई भने, ‘यू आर माई ट्रु लभ’
बालेनले हर्कलाई भने, ‘यू आर माई ट्रु लभ’
झापामा चिनियाँ राजदूत : कृषि तथा साना उद्योग अवलोकनमा व्यस्त
झापामा चिनियाँ राजदूत : कृषि तथा साना उद्योग अवलोकनमा व्यस्त
एआईजी बढुवा नहुँदा ६ विभाग एक महिनादेखि डीआईजीको भरमा
एआईजी बढुवा नहुँदा ६ विभाग एक महिनादेखि डीआईजीको भरमा
आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि भारतको नाममा
आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि भारतको नाममा
ओरिएन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते सहितको नाम सार्वजनिक
ओरिएन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते सहितको नाम सार्वजनिक
दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुन्छ : प्रधानमन्त्री
दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुन्छ : प्रधानमन्त्री
बागमती प्रदेशसभाको बैठक सारियो, असार १६ गते बस्ने
बागमती प्रदेशसभाको बैठक सारियो, असार १६ गते बस्ने