अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ : मन्त्री लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ८, २०८२
|
|
२६ पटक हेरिएको
Shares
अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ : मन्त्री लेखक

सारांश

  • गृहमन्त्री रमेश लेखकले द्वन्द्व व्यवस्थापन दुई पक्षबीचको सम्झौता पनि भएको बताएका छन् ।
  • दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन नहुने उनको भनाइ छ ।
  • आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले भने, ‘जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ ।

८ भदौ, काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले द्वन्द्व व्यवस्थापन दुई पक्षबीचको सम्झौता पनि भएको बताएका छन् । दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन नहुने उनको भनाइ छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले भने, ‘जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ । हामीले ठीक ढंगले बुझिदिनुपर्छ । द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो ।’ उनले भने, ‘दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन हुँदैन । द्वन्द्वरत पक्षका बिचमा सम्झौता भएर संविधान बनेको हो ।’

केही व्यक्ति संविधान असफल बनाउने षड्यन्त्रमा लागेको बताउँदै उनले यदि वर्तमान संविधान असफल भए देशमा द्वन्द्व हुने बताए । यद्यपि संविधानलाई समय सापेक्ष संशोधन र संविधानको रक्षा आवश्यक हुने उनले बताए । संविधानले गरेको अधिकारको बाँडफाँटले द्वन्द्व उत्पन्न गराइरहेको भन्दै त्यसको व्यवस्थापन आवश्यक रहेको गृहमन्त्री लेखकले बताए ।

‘अहिले पालिकामा प्राकृतिक स्रोत साधनको वितरण र सीमाको द्वन्द्व छ । द्वन्द्वका धेरै पाटा छन् । उत्पन्न द्वन्द्व र सम्भावित द्वन्द्वको व्यवस्थापन गर्नुपर्छ,’ उनले भने । द्वन्द्व व्यवस्थापनको विषयमा अध्ययन अध्यापन गर्नेहरु बढेको भन्दै उनले यसमा छात्रवृत्ति कोटा बढाउन आफूले पहल गर्ने मन्त्री लेखकले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद्का दुई महिनाका निर्णय एकै पटक सार्वजनिक (सूची)
मन्त्रिपरिषद्का दुई महिनाका निर्णय एकै पटक सार्वजनिक (सूची)
सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी
सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी
हितेन्द्रले फेसबुकबाटै दिए मन्त्री बनेका कुलमानलाई बधाई
हितेन्द्रले फेसबुकबाटै दिए मन्त्री बनेका कुलमानलाई बधाई
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल
टीबी शाह यू- १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशलाई
टीबी शाह यू- १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशलाई
पोखरा विरुद्ध टस जितेर ब्याटिङ गर्दै लुम्बिनी
पोखरा विरुद्ध टस जितेर ब्याटिङ गर्दै लुम्बिनी
जसपाका प्रदेश अध्यक्ष अशोक यादवले छाडे पार्टी, साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा
जसपाका प्रदेश अध्यक्ष अशोक यादवले छाडे पार्टी, साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा
सात महिनामा ८ अर्ब ६१ करोडको अलैंची निर्यात
सात महिनामा ८ अर्ब ६१ करोडको अलैंची निर्यात
इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी
इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी
२८३ मेगावाट विद्युत् भारत निर्यात अनुमति नवीकरण
२८३ मेगावाट विद्युत् भारत निर्यात अनुमति नवीकरण