९ श्रावण २०८२, बिहीबार

१४ किलो सुनबारे छानबिन गर्न समिति गठन

२२ मंसिर, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ ।

भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन् । बिहीबार राति करिव १४ किलो सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घले पक्राउ गरेका थिए । बिहीबार राति दुबईबाट आएका चन्द्र घलेको साथबाट करिव १४ किलो सुन बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?