वीरगञ्जको मुर्लीमा हैजाको आशङ्का, २८ जनामा संक्रमण देखिएपछि स्वास्थ्य टोली परिचालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ७, २०८२
|
|
३७ पटक हेरिएको
Shares
वीरगञ्जको मुर्लीमा हैजाको आशङ्का, २८ जनामा संक्रमण देखिएपछि स्वास्थ्य टोली परिचालन

सारांश

  • वीरगञ्ज महानगरपालिका–१२, मुर्लीको नयाँटोलमा हैजाको संक्रमण फैलिएको आशङ्का गरिएको छ।
  • तीव्र निदानात्मक परीक्षणमा २८ जनामा कोलेरा पोजिटिभ देखिएपछि स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
  • तराई अस्पतालमा २०, नेसनल मेडिकल कलेजमा ३ र नारायणी अस्पतालमा ५ जना संक्रमितको उपचार भइरहेको जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत धनी सिँहले जानकारी दिए।

७ भदौ, काठमाडौं ।

वीरगञ्ज महानगरपालिका–१२, मुर्लीको नयाँटोलमा हैजाको संक्रमण फैलिएको आशङ्का गरिएको छ। तीव्र निदानात्मक परीक्षणमा २८ जनामा कोलेरा पोजिटिभ देखिएपछि स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। तराई अस्पतालमा २०, नेसनल मेडिकल कलेजमा ३ र नारायणी अस्पतालमा ५ जना संक्रमितको उपचार भइरहेको जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत धनी सिँहले जानकारी दिए।

हैजा पुष्टि गर्न बिरामीको दिसा परीक्षणको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको छ। संक्रमण फैलिन नदिन स्वास्थ्यकर्मीको टोली परिचालित गरिएको छ। सरसफाइको अभाव र दूषित पानीरखाना सेवनका कारण हैजा फैलिएको आशङ्कामा प्रदेश स्वास्थ्य निर्देशनालयको टोली पनि घटनास्थलमा पुगेको छ। अस्पतालमा बिरामीको चाप बढेसँगै शय्या अभाव देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ