संख्या छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन : गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ४, २०८२
|
|
३२ पटक हेरिएको
Shares
संख्या छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन : गगन थापा

सारांश

  • सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतन्त्रमा संख्याको आधारमा निर्णयहरू हुने भए पनि अरुले स्वीकार गरेको छ वा छैन भन्ने विषय पनि हेरिनुपर्ने बताएका छन् ।
  • बुधबार काठमाडौं नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  • सम्बोधनको क्रममा उनले संख्या छ भन्दैमा जे पनि निर्णय गर्न नहुने बताए ।

४ भदौ, काठमाडौं ।

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतन्त्रमा संख्याको आधारमा निर्णयहरू हुने भए पनि अरुले स्वीकार गरेको छ वा छैन भन्ने विषय पनि हेरिनुपर्ने बताएका छन् । बुधबार काठमाडौं नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा उनले संख्या छ भन्दैमा जे पनि निर्णय गर्न नहुने बताए । ‘हामी निर्वाचन जित्छौं, मत प्राप्त गर्छौं, सरकार बनाउँछौं, त्यो संख्याको आधारमा हुन्छ । लोकतन्त्रमा संख्याको आधारमा निर्णयहरू गर्न पाइन्छ । हिजो पनि गरेका छौं, भोलि पनि गरौंला । तर, म सँग संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन,’ महामन्त्री थापाले भने ।

पार्टी वा संसद् जहाँ पनि बहुमतका आधारमा निर्णय हुने भएपनि त्यो वैधानिक मात्रै नभएर वैध पनि हुन आवश्यक रहेको उनको भनाइ थियो । ‘प्रत्येक निर्णय संख्याको आधारमा गरिने वैधानिक हुन्छ । पार्टीमा होला, संसद्मा होला जहाँ पनि होला,’ महामन्त्री थापाले भने, ‘तर, पार्टीमा निर्णय गरेपनि मैले गरेको निर्णय बहुमतको आधारमा छ भने पनि आम पार्टी सदस्यले त्यो निर्णय स्वीकार्छ कि स्वीकार्दैन । लोकतन्त्र चल्नका लागि वैधानिक मात्रै भएर हुँदैन वैध पनि हुनुपर्छ ।’ ‘पार्टीमा आत्मविश्वास र शुद्धता चाहिएको छ’ साथै, उनले पार्टीभित्र आत्मविश्वास र शुद्धता आवश्यक परेको पनि बताएका छन् ।

नेपालको राष्ट्रिय शक्ति भएको कुरा भुल्न नहुने बताउँदै उनले नेपाली काँग्रेस चुनाव नलढेको बेलामा पनि राष्ट्रिय पार्टी भएको स्मरण गरे । ‘आजको दिनको हाम्रो मुद्दा भनेको नेपाली समाजमा चरम असन्तुष्टि छ । यो असन्तुष्टिबाट नेपाली समाजलाई बाहिर निकाल्नुपर्नेछ । कतिपय कुराहरू प्रायोजित छ सबै कुराहरु बुझ्नुपर्छ,’ महामन्त्री थापाले भने, ‘सबै कुरा बुझेर त्यसलाई सम्बोधन गरेर अघि बढ्नुपर्छ ।

त्यो नेपाली कांग्रेसको जिम्मेवारी हो । त्यसका लागि कांग्रेसलाई आत्मविश्वास, शुद्धता, चाहिएको छ ।’ राष्ट्रको अगाडि आएको सबैभन्दा ठूलो चुनौती बुझ्ने, छाम्ने, पर्गेल्ने र सम्बोधन गर्ने तागत राख्ने र हल गरेर अघि बढ्ने पार्टी नै राष्ट्रिय पार्टी भएको महामन्त्री थापाको भनाइ थियो । ‘नेपाली कांग्रेस पार्टीभित्र ठूलो आत्मविश्वास अहिले चाहिएको छ । नेपाली कांग्रेस पार्टीले के कुरा बिर्सिनु हुँदैन भने हामी नेपालको राष्ट्रिय शक्ति हौं ।

राष्ट्रिय पार्टी भनेको निर्वाचनको परिणामले निर्धारण गर्दैन,’ उनले भने, ‘चुनाव जितेर राष्ट्रिय पार्टी भइँदैन । त्यसको छुट्टै परिभाषा छ । नेपाली काँग्रेस त चुनाव नलढेको बेलामा पनि राष्ट्रिय पार्टी हो ।’ राष्ट्रको अगाडि आएको सबैभन्दा ठूलो चुनौती बुझ्ने, छाम्ने, पर्गेल्ने र सम्बोधन गर्ने तागत राख्ने र हल गरेर अघि बढ्ने रहेको महामन्त्री थापाको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …
एमाले सर्लाहीको नवौं अधिवेशनको नारा र लोगो सार्वजनिक
एमाले सर्लाहीको नवौं अधिवेशनको नारा र लोगो सार्वजनिक
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै विपक्षी दलको अवरोध
प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै विपक्षी दलको अवरोध
भारतीय तीर्थयात्री सवार जीप प्युठानमा दु*र्घटना : एकको मृ*त्यु, २० जना घा*इते
भारतीय तीर्थयात्री सवार जीप प्युठानमा दु*र्घटना : एकको मृ*त्यु, २० जना घा*इते
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले लिए शपथ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले लिए शपथ
मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण
मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण
गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित
गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री सिंहलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री सिंहलाई
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान